• २०८१ बैशाख ८ शनिबार

राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दे 

kharibot

काठमाडौं । यही मंसिर ३० गते सोमबार नेपाल राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 

ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले सहभागीता जनाउन सक्नेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब २३ करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ रहेको छ ।

सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने २०७६ चैत चार गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ मंसिर ३० गते तोकिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि मंसिर २३ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब २६ करोड रुपैयाँको टे«जरी जारी गरेको थियो ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै