• २०८१ बैशाख १४ शुक्रबार

जर्गन क्लोपद्वारा लिभरपुलसँग सम्झौता नवीकरण

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब लिभरपुलका म्यानेजर जर्गन क्लोपले लिभरपुलसँग आफ्नो सम्झौता नवीकरण गरेका छन् । क्लोपले एक भिडियो संदेश जारी गर्दै २०२४ सम्म आफु लिभरपुलमै रहने जानकारी दिएका हुन् ।

क्लोपले लिभरपुलमा आफुले आफ्नो घरजस्तै महसुस गरेको बताउदै क्लबका धेरैजसोसँग आफ्नो राम्रो सम्बन्ध भएको भन्दै आफुले २०२४ सम्म क्लबमै रहने गरि नयाँ सम्झौता गरेको जानकारी दिएका छन् ।

सन् २०१५ ओक्तोबर ८ देखि लिभरपुलमा म्यानेजर बनेर आएका क्लोपले अहिलेसम्म लिभरपुलका लागि २३४ खेलको नेतृत्व गरेका छन् । जसमा उनले १३९ खेल जितेका छन् भने ५७ खेल बराबरी र ३८ खेलमा हार बेहोरेका छन् ।

उनकै नेतृत्वमा गत सिजनमा लिभरपुल च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो । यस सिजनको प्रिमियर लिगमा लिभरपुल अहिलेसम्म अपराजित रहदै शिर्ष स्थानमा रहेको छ भने च्याम्पियन्स लिगमा पनि अन्तिम १६ मा पुगेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै