• २०८१ बैशाख १३ बिहीबार

पानीमा भिजेर साग विजेताको नगर परिक्रमा (फोटो फिचर)

kharibot

तस्वीर : रत्न श्रेष्ठ

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सम्मानस्वरुप शुक्रबार काठमाडौं नगर परिक्रमा गराइएको छ । खेलाडीहरुलाई काठमाडौं, भक्तपुर र ललितपुरमा नगर परिक्रमा गराउने तयारी गरिएपनि वर्षा र चिसो मौसमका कारण काठमाडौंमा मात्र सीमित गरिएको छ ।

नगर परिक्रमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को परिसरबाट सुरु भएर न्यूरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमन्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै पुनः त्रिपुरेश्वर पुगेर टुंगिएको थियो ।

छोटो रुट भएकाले खेलाडी भृकुटीमन्डपसम्म हिँडेका थिए । पैदल हिँडेका उनीहरुलाई पानीले भने भिजाएको थियो ।

नागरिकस्तरबाटसमेत मौसम बिग्रिएका कारण खेलाडीहरुलाई साथ मिलेको थिएन ।

१३औं साग डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो । 

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ४५ कास्य गरी कूल २०६ पदक जितेको छ । हालसम्मको सागमध्ये यो संस्करणमा नेपालले सबैभन्दा बढी स्वर्णपदक जितेको हो । सागमा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारको घोषणा  गरिसकेका छन् ।

घोषणा अनुसार स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख र दुई वा दुई भन्दा बढी पदक विजेतालाई प्रति पदक ११ लाख रुपैयाँका दरले नगद पुरस्कार दिइने घोषणा गरेका छन् । त्यस्तै रजत र कास्य विजेता खेलाडीलाई क्रमश: ६ लाख र ३ लाख रुपैयाँ प्रदान गरिने छ भने समूह इभेन्टका स्वर्ण विजेतालाई भने ५ लाख रुपैयाँका दरले पुरस्कार दिइने सरकारले घोषणा गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै