• २०८१ बैशाख १२ बुधबार

नमस्ते पिपिएल एकदिन पछि सर्यो, आइतबारदेखि शुरु हुने 

kharibot

काठमाडौँ । टी-२० लिग नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो सिजनको खेल एक दिन पछि सरेको छ । खराब मौसमका कारण खेल अब मङ्सिर २९ गते (१५ डिसेम्बर) आइतबारदेखि शुरु हुने भएको छ  । विभिन्न छ वटा टीमले भाग लिने टी-२० फ्रेंचाईजी लिग यस अघि मङ्सिर २८ गते देखि शुरु हुने तालिका रहेको थियो ।

विहिबारदेखि अचानक मौसममा बदलाव आएर बर्षा शुरु भएपछि पिपिएल प्रभावित भएको छ ।  

पिपिएलमा बुटवल ब्लास्टर, चितवन राइनोज, बिराटनगर टाइटन, धनगढ़ी ब्लूज, एक्सपर्ट धनगढ़ी ब्लूज, काठमाडौँ रोयल्स गरी ६ टिम खेल्दै छन् ।

पिपिएलको पहिलो सिजनको उपाधि घरेलु टिम पोखरा पल्टनले जितेको थियो ।

नेपालमा हुने तीन प्रमुख टी-२० लिग मध्येको एक बनेको पिपिएल पछि एभरेष्ट प्रिमियर लिग (इपिएल) को यस बर्षको प्रतियोगिता आगामी फागुन १७ देखी चैत्र १ सम्म हुने घोषणा गरिसकिएको छ । 

पोखरामा यही मङ्सिर २९ गतेदेखि शुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिताको शुक्रबार सार्वजनिक गरिएको ट्रफी सहित प्रतियोगितामा सहभागी छ वटै टोलीका कप्तान । तस्वीर :कृष्ण दवाडी


 

पिपिएलको उद्घाटन खेल पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुने भएको छ । प्रतियोगिताको फाइनल खेल पुष १२ गते हुने भएको छ ।

अघिल्लो सिजनमा बिराटनगरबाट खेलेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने भने यस सिजनमा नखेल्ने भएका छन् ।

नयाँ खेल तालिका :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै