• २०८१ बैशाख १३ बिहीबार

हुम्लामा हिमपातले टिपर चिप्लिएर दुईको मृत्यु

kharibot

हुम्ला । हिमपातले सडकबाट टिपर चिप्लिएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा गापा वडा नं १ का २६ वर्षीय सोनाम मेगुर लामा, वडा नं ४ का ३६ वर्षीय याल्वाङका सावेल लामा रहेका छन् । 

विहीबार सो गाउँपालिकाको मुचुको पातेल्नमा तेल ल्याउँदै गरेको टिपर दुर्घटनामा परेको थियो । दुर्घटना अन्य दुई घाइते भएका र उनीको उपस्वास्थ्य चौकी मुचुमा उपचार भइरहेको छ ।

मौसमका कारण जिल्ला अस्पतालबाट चिकित्सक जान नसक्दा शव परीक्षण तथा घाइतेलाई उपचारका लागि काठमाडौ पठाउन समेत समस्या परेको व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रपाल लामाले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै