• २०८१ बैशाख ६ बिहीबार

सर्वोच्चद्वारा ‘इम्बोस्ड’ नम्बरप्लेट राख्ने प्रक्रियाविरुद्धको रिट खारेज

kharibot

काठमाडौं । २०७४ फागुनदेखि रोकिएको सवारी–साधनमा ‘इम्बोस्ड’ नम्बरप्लेट जडानको बाटो खुलेको छ । सर्वोच्च अदालतले इम्बोस्ड नम्बरप्लेट जडानसम्बन्धी रिट खारेज गर्ने फैसला गरेपछि बाटो खुलेको हो ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले अधिवक्ता भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले दायर गरेको रिट खारेज गरेको हो ।

२०७४ फागुन १० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले अन्तरिम आदेशमार्फत् इम्बोस्ड नम्बरप्लेट जडान प्रक्रिया रोक्न भनेको थियो ।

इम्बोसड नम्बरप्लेटमा अंग्रेजी अक्षर र अंक प्रयोग गरेर नेपाली पहिचान मेट्न खोजिएको भन्दै विरोध भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै