• २०८१ बैशाख १३ बिहीबार

धनुषामा बम विस्फोट, प्रहरी इन्सपेक्टरसहित तीन जनाको मृत्यु

kharibot

काठमाडौं । धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति राजेश साहको घरमा राखिएको बम बम विस्फोटमा परी प्रहरी निरीक्षक(इन्चपेक्टर) अमिर दाहालसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बम राखिएको थाहा पाउनसाथ प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुग्ना साथ बम बिस्फोट हुँदा दाहालसहित प्रहरी जवान रिजनाथ महतोको मृत्यु भएको जनाइएको छ ।

त्यस्तै स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको सहायक प्रहरी प्रवक्ता अशोक ऐरले जानकारी दिए ।

बम विस्फोटमा घाइते प्रहरी जनाव रिजनाथ कुमार महतो, विस्फोटमा मृत्यु भएका राजेश्वरकी छोरी १९ वर्षीया अञ्जली साह र छोरा १५ वर्षीय प्रकाश साह घाइते भएका छन्। उनीहरुको धरानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै