• २०८१ बैशाख ७ शुक्रबार

स्पेन युद्धग्रस्त क्षेत्रमा महिला सेनाको भुमिका बढाउदै

kharibot

स्पेनको रक्षा मन्त्रालयले महिलालाई विशेष प्रथमिकता दिदै अन्तरास्ट्रिय स्तरमा आतन्कवाद र शन्तिसुरक्षाको लागि सेनामा भर्ना लिने भएको छ । रक्षामन्त्री मार्गरिटा रोबल्स भन्छिन्, संयुक्त राष्ट्र संघले विश्वमा भएको हिंशा र आतंकवाद संग लड्न  महिला सेनाको माग गरेको छ ।

अरेबिक भाषा बोल्न जन्ने महिलालाई  युएन र नेटोले द्वन्द्व प्रभावित क्षेत्र जस्तै इराक र लिवियाको मिसनमा विशेष प्राथमिकता दिने बताएको छ । रोबल्सले यसैको सिलसिलामा आर्मी कमान्ड फर स्पेसल अप्रेसन संग भेट गर्दै छिन् । यहाँ स्पेनिस महिलाले अरु विशेष टोलिसंग समायोजन हुँदै छन् ।

एलिकेन्टको नजिकै रहेको रवासाको कमान्ड सेन्टर, एम ओ इ  मा बिहिवार मन्त्री रोबल्सले आन्तन्क ग्रसितक्षेत्रमा  मक एसल्टको अनुगमन गरेकी थिइन् । यस्तो रेड प्राय अफ्गानस्तान र इराकमा हुने गर्छ ।

उनी भन्छिन्, एम ओ इ ले आफ्नो सेनालाई लडाइँ र आधुनिक हातहतियारमा मात्र ट्रेनिङ दिने नभई आतंक ग्रसित क्षेत्रको सामजिक तथा सांस्कृतिक धार पनि बुझ्न आवस्यक  छ ।

कतिपय मिसन केबल महिलाले मात्र गर्न सक्ने हुन्छ, जस्तै चेक पोइन्टमा महिलाको जाँच गर्ने काम महिलाले गर्दा राम्रो हुन्छ । पुरानो सोचाइ भएको पुरुष प्रधान समाजमा पर-पुरुषसंग रोक लगाइएको कारण स्थानिय महिला संग कुराकानी गर्न र सुचना प्राप्त गर्न महिला सैनिकलाई सजिलो हुन्छ ।

अप्रिल महिनामा एमओइको भ्रमणमा रोबल्सले भनेकी छिन्, "हामीले स्पेसल मिसनमा  महिलालाई बढी  प्राथमिकता दिने निर्णय गरेका छौँ र यो तुरुन्तै लागू हुन जरुरी छ ।"

सन् १९९९ मा स्पेन सरकारले प्राय सैनिक आबेदन महिलाको लागि खोलेको थियो। स्पेनको सेनमा अहिले १२.७ प्रतिशत महिला छन, त्यस्तै नेटोमा ११ प्रतिशत महिला सेना छन् ।

स्पेनको रक्षा मन्त्रालयको अनुसार अझ धेरै महिला सेनाको आवश्यकता रहेको छ र हाल १५ हजार तीन सय छन् । स्पेनका अन्तरास्ट्रिय विवाद मामिलाको विष्शज्ञ जिसस नुनेज भन्छन्, " स्पेसल युनिटको माग बढी छ, एम ओ इ ले आफ्नो सपेसल अपरेसनमा सेनालाई अझ सक्षम बनाउन चाहदै छ ।"

युएनले स्पस्ट रुपमा सांस्कृतिक मामलामा महिलाको आवश्यकता रहेको बताएको छ । प्राय मुसलमान देशमा महिलासंग सुचना प्राप्त गर्न पुरुष जान मिल्दैन, त्यो धर्म विरोधी हुन जान्छ । एबिसिको रिपोर्ट अनुसार अहिले एमओइमा एक हजार कर्मचारी छन् तर जम्मा छ जना मात्र महिला छन् ।

स्पेनिस सेनामा धेरै मात्रामा महिला छन्  तर तिनीहरु नन- कम्ब्याट भुमिकामा मात्र छन् र तल्लो लेभलमा मात्र हुन् । जुलाईमा प्याट्रिका ओर्टेगा स्पेनको सेनामा पहिलो महिला हुन् जो स्पेसल सैन्य फोर्समा अनुबन्धित भएकी छिन् ।

यो स्पेनिस आर्मीमा महिलाको लागि नयाँ  युगको सुरुवात हो। सन्  २००५ मा इस्थर यानेज ,द पट्रोल बोयट लया युद्धको टोलिको नेतृत्व गरेकी थिइन् । २००६ मा रोजा मारिया गार्सिया-मलिया स्पेनको पहिलो महिला पाइलट हुन् जसले फाइटर प्लेन चलाएकी हुन् । पछि उनले प्याट्रिका ओर्टेगाको एरोव्याटिक टिमसंग काम गरेकी थिइन् । नुनेजको अनुसार, महिलालाई सेनामा भर्ती गर्ने काम निकै सफल भएको छ ।

नेटोको २०१७ को तथ्यांक आनुसार हंगेरी १९ प्रतिशतसहित महिला सेना भर्ती गर्ने देशमा शिर्ष स्थानमा छ । त्यसपछि सोमालिया १६ प्रतिशतसहित दिश्रो स्थानमा छ र अमेरिकामा १६.२ प्रतिशत महिला सेनामा रहेका छन् । त्यस्तै फान्स, जर्मनी, बेलायत र नेदरल्यान्डको तुलनामा स्पेन अगाडि छ ।

स्पेनिस युनिटले नेटोको पार्ट्नर, बोसानिया-हर्जगोभिनिया, कोसोभा, इराक, अफ्गान्स्तान र अफ्रिकामा काम गरेको छ । नुनेज भन्छन्, तनाबग्रस्त क्षेत्रमा सम्बन्ध सुमधुर बनाउन महिलाको विशेष भुमिका हुन्छ । उनी भन्छन्," गाउँमा स्थानिय संग कुरकानी गर्नको लागि महिलालाई बढी विश्वास गर्ने भएकोले मिसनमा सहजता हुने गर्छ ।" 

अप्रिलमा संयुक्त राष्ट्र संघको जेनरल, एन्टोनियो गुटेरसले शान्ति सुरक्षामा महिलाको विशेष भुमिका रहने बताएका छन् । उनी भन्छन् ," महिला सेनासंग समुहमा लैङगिक हिंसा र योन दुर्व्यहारको बारेमा स्थानियले खुलेर आफ्नो कुरा राख्छन् ।"

(बिबिसीका लागि लौरेन्स पिटरको रिपोर्ट)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै