• २०८१ बैशाख १३ बिहीबार

नताशाको प्रेममा परे हार्दिक पाण्डेय !

kharibot

मुम्बई । भारतमा बलिवुडकी अभिनेत्री र क्रिकेटरबीचको रोमान्स निकै पुरानो रहेको छ । कैयौ क्रिकेटरले अभिनेत्रीहरुसँग गरेको रोमान्स सधै समाचारको विषय बनिरहेको हुन्छ । यसै बीच पछिल्लो पटक क्रिकेटर हार्दिक पाण्डेयको रोमान्सको खबर मिडियाका हेडलाइन बन्ने गरेका छन् ।

केहि महिना अघि देखि इन्जुरीका कारण मैदानबाट बाहिर रहे पनि आफ्नो रोमान्सका कारण हार्दिक अहिले पनि मिडियामा छाएका छन् । केहि समय अघि टेलिभिजन शो कफी विथ करणमा महिला र आफ्ना गर्लफ्रेन्डहरुमाथि गरेको टिप्पणीका कारण निलम्बनमा समेत परेका हार्दिकको नाम विभिन्न अभिनेत्रीहरुसँग जोडिदै आएको छ ।

हार्दिकको नाम उर्वसी राउटेलासँग निकै जोडिएको थियो । दुवैलाई कैयौ पटक रेस्टुरेन्ट बाहिर समेत देखिएको थियो । मिडिया रिपोर्ट अनुसार दुवैको ब्रेकअप पछि हार्दिकले केहि समय अभिनेत्री अमयार दस्तुरसँग डेट गरेका थिए । इमरान हासमीसँग फिल्म मिस्टर एक्समा काम गरेकी अमायारा र हार्दिकको सम्बन्ध खुलेर बाहिर नआएपनि दुवैले करिब एक बर्ष डेट गरेको बताइएको छ ।

अहिले भने हार्दिक सर्बियाकि मोडल तथा अभिनेत्री नताशा स्टेनकोविकसँग अफ्येर्समा रहेको खबर आएको छ । हार्दिक र नताशालाई हालै दुवईमा देखिएको र धेरै जसो दुवैलाई सँगै देख्न थालिएको मिडिया रिपोर्ट आउन थालेका छन् । हार्दिकले नतासालाई आफ्नो परिवारसँग समेत भेट गराएका छन् । नतासाले अहिलेसम्म फिल्ममा काम नगरेपनि नच बलिए, बिग बोस जस्ता रियालिटी शोमा काम गरेकी छन् ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै