• २०८१ बैशाख ८ शनिबार

धनुषामा बम बिस्फोटको आशंकामा दुई जना पक्राउ

kharibot

धनुषा । प्रहरी निरिक्षकसहित तीन जनाको मृत्यु भएको धनुषा बम बिस्फोट प्रकरणमा ‘विप्लव’ समुहको हात हुनसक्ने प्रहरीले आशंका गरेको छ । 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित राजेश साहको घरको गेटमा बम झुन्ड्याउने व्यक्ति नेत्रविक्रम चन्द विप्लव समुहमा आबद्ध भएका व्यक्ति संलग्न हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

सोही आशंकामा धनुषा जिल्ला हंसपुर नगरपालिका २ की ललिता देवी महरा र सीता देवी महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विप्लव समुहमा आबद्ध रहेका दुवै जना दिदिबहिनी घटनामा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याईएको हो ।

धनुषामा बम बिस्फोटको आशंकामा दुई जना पक्राउमृतक राजेशले ब्याजमा रुपैयाँ पैसाको लगानी गर्ने र उनले विप्लव समुहमा लागेका व्यक्तिहरुलाई समेत साहले पैसा दिएको र दिएको रुपैयाँ असुली गर्नका लागि ताकेता गर्दा उनको घरमा बम झुन्ड्याएको हुन सक्ने अनुसन्धानमा रहेका प्रहरीको अनुमान रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै