• २०८१ बैशाख ११ मंगलबार

प्रिमियर लिगमा लिभरपुल अपराजित, सलाहले गरे दुई गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले वाटफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा दुवै गोल मोहमद सलाहले गरेका हुन् । सलाहले खेलको ३८औ मिनेट र ९०औ मिनेटमा गोल गर्दै लिभरपुललाई जिताएका हुन् ।

योसँगै लिभरपुलले यस सिजनमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । लिभरपुलले १७ खेलमा १६ जित र एक बराबरीसहित ४९ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटी एक खेल कम खेल्दै १६ खेलमा ३८ अंकसहित ११ अंकले पछाडी रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै