• २०८१ बैशाख ८ शनिबार

अनुष्का श्रेष्ठ मिस वर्ल्डको टप १२ बाट बाहिरिइन् 

kharibot

काठमाडौँ । मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड प्रतियोगिता’ को टप १२ बाट बाहिरिएकी छन् । एशिया प्यासिफिकबाट भारत टप ५ मा पुगेसँगै अनुष्का बाहिरिएकी हुन् ।

यससँगै टप ५ मा भारतसँगै फ्रान्स, जमैका, ब्राजिल र नाइजेरिया टप ५ मा पुगेका छन् ।   

अहिले जारी प्रतियोगितामा अनुष्का यस अघि मल्टिमिडिया अवार्ड जितेकी थिइन् ।

यस अघि टप १२ मा नेपालसहित भारत, मेक्सिको, ब्राजिल, नाइजेरिया, केन्या, फ्रान्स, जमैका, भियतनाम, फिलिपिन्स, रसिया र कुक आइल्याण्ड टप १२ मा पुगेका थिए ।

यसअघि अनुष्का हेड टु हेड च्यालेन्ज राउन्ड टु जितेर टप ४० मा पर्न सफल भएकी थिइन्। उनी ‘ब्युटी वीथ अ परपोज’ को टप १० मा पनि परेकी थिइन् ।

६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनाले अहिले लन्डनमा जारी रहेको छ । विश्व सुन्दरीको ताजका लागि १२५ देशका सुन्दरीबिच प्रतिष्पर्धा भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै