• २०८१ बैशाख १२ बुधबार

मिस वर्ल्डमा अनुष्काले जितिन् 'ब्युटी वीथ परपोज' को उपाधि  

kharibot

काठमाडौँ । मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड प्रतियोगिता’ को टप १२ बाट बाहिरिए पनि ब्युटी वीथ परपोजको उपाधि जितेकी छन् ।

अनुष्काले यो सँगै यस मिस वर्ल्डमा दुई उपाधि जितेकी छन् । अनुष्काले यस अघि मल्टिमिडिया अवार्ड पनि जितेकी थिइन् । 

त्यस्तै एशिया प्यासिफिकबाट भारत टप ५ मा पुगेसँगै अनुष्का बाहिरिएकी हुन् । यससँगै टप ५ मा भारतसँगै फ्रान्स, जमैका, ब्राजिल र नाइजेरिया टप ५ मा पुगेका छन् ।   

यस अघि टप १२ मा नेपालसहित भारत, मेक्सिको, ब्राजिल, नाइजेरिया, केन्या, फ्रान्स, जमैका, भियतनाम, फिलिपिन्स, रसिया र कुक आइल्याण्ड टप १२ मा पुगेका थिए ।

यसअघि अनुष्का हेड टु हेड च्यालेन्ज राउन्ड टु जितेर टप ४० मा पर्न सफल भएकी थिइन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै