कुवेत लैजान लागिएका दुई युवतीको कृष्णनगरबाट उद्धार

खरीबोट
ad

कपिलवस्तु ।  कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ । 

पक्राउ परेका राजापुर–१ बर्दिया बस्ने ३५ वर्षीय कृष्णप्रसाद रेग्मीमाथि मानव बेचबिखन तथा ओसारपोसारविरुद्ध मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष गैरेले बताए । केआइ नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले दैलेखका युवतीलाई नेपाल भारत सीमा चेक प्वाइन्टमा सोधपुछका क्रममा उद्धार गरिएको हो । 

सम्बन्धित समाचार

कपिलवस्तु घटना ११ वर्ष बित्दा पनि पीडितले राहत नपाएको गुनासो

कपिलवस्तु। कपिलवस्तु घटनाका पीडितले ११ वर्ष बित्दा पनि अझै राहत पाउन नसकेको गुनासो गरेका छन् । विसं २०६४ भदौ ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानीय नेता अब्दुल मोहिद

कपिलवस्तुमा ७ महिनाकी गर्भवती महिला बलात्कृत, ३ जना पक्राउ 

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा ७ महिनाकी गर्भवती महिला बलात्कृत भएकी छन्।  बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विजय नगर गाउंपालिका वडा नंं. ७ का ३

कपिलवस्तुमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो 

कपिलवस्तु।  कपिलवस्तु जिल्ला युवा समितिले अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ ।  १९ औँ अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रम गरी जिल्ला युवा समितिले अन्तर्राष्ट्रिय युवा दिवस मनाएको हो । 'युवाका लागि सुरक्षित वातावरण'

शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमुख पराजुलीविरुद्ध मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका इकाइ प्रमुख सुरेन्द्रराज पराजुलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । इकाइ प्रमुख पराजुलीले रु दुई