• २०८१ बैशाख ७ शुक्रबार

संसारका सात चर्चित दम्पती : जो धनीमात्रै छैनन्, शक्तिशाली पनि छन् !

kharibot

उत्तर अमेरिका । केही मानिसहरुसँग जीवनमा चाहेको सबैथोक हुन्छ । सफल भविष्य र वैवाहिक जीवनका आआफ्नै चुनौतीहरु हुनसक्छन् तर यदि दुवै सफल भयो भने यसले तपाईंलाई शक्तिसम्पन्न समेत बनाउँछ । सम्बन्धलाई समय दिनसक्नु कठिन कार्य हो विशेष गरी शक्तिशाली दम्पतीका लागि । तर केही यस्ता प्रतिनिधि दम्पतीहरु छन् जसले एकअर्काको अंगालोमा बाँधिएरै सफलता र खुसीको साम्राज्य खडा गरेका छन् । जस्तै तल उल्लेख गरिएका सात दम्पतीहरु, जो धनीमात्र छैनन्, विश्वमै शक्तिशाली पनि छन् ।

टम ब्राडी र गिसेली बुण्ड्चे

  • संयुक्त सम्पत्ति स्वामित्व : ५४० मिलियन अमेरिकी डलर

यो जोडीको विवाह भएको आठ वर्ष नाघिसकेको छ । उनीहरुले संयुक्त रुपमा आफ्ना उद्योगबाट कमाउँछन् । सुपरमोडल गिसेली बुण्ड्चे आधुनिक दुनियाँमा सबैभन्दा महंगा मोडल हुन् भने टम ब्राडी एनएफएलको इतिहासमा तेस्रा महंगा खेलाडी हुन् । वार्षिक रुपमा आठ मिलियन डलर पाउने गरी टमको सम्झौता छ भने गिसेलीले २०१६ मा ३०.५ मिलियन डलर कमाएकी थिइन् ।


इभान्का ट्रम्प र जारेद कुशनर

  • संयुक्त सम्पत्ति स्वामित्व : २०७ मिलियनदेखि ७६२ मिलियन डलरसम्मको

वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठी छोरी र ज्वाइँ हुन् यी दम्पती । उनीहरु अहिले ह्वाइटहाउसका सल्लाहकार रहेका उनीहरु त्यसबापत पारिश्रमिक भने लिँदैनन् । इभान्का ट्रम्पले भर्खरै आठौँ विवाहोत्सव आफ्नो श्रीमान जारेद कुशनरसँग मनाएकी छिन् । कुशनर राष्ट्रपति अर्थात् ससुर ट्रम्पका वरिष्ठ सल्लाहकार समेत हुन् भने उनी रियलस्टेट एम्पायरका मालिक समेत हुन् । यो वर्षको प्रारम्भतिर उनीहरु दुवैको संयुक्त सम्पत्ति स्वामित्वबारे खुलासा भएको थियो । उनीहरुका तीन जना बच्चाहरु पनि छन् ।


बियोन्से र जे-जेट

  • संयुक्त सम्पत्ति स्वामित्व : १.१६ बिलियन अमेरिकी डलर

बियोन्से र जे जेट मनोरञ्जन उद्योगसँग सम्बन्धित दम्पती हो । यो दम्पती सन् २००८ देखि वैवाहिक सम्बन्धमा गाँसिएका छन् भने उनीहरुको तीन जना बच्चाहरु छन् । उनीहरु म्युजिक प्रड्युसिंग क्रेडित, एल्बम बिक्री, लाइभ प्रस्तुति र विश्वव्यापी आयोजना हुने कार्यक्रममा सहभागी भएर पैसा कमाउँछन् । विश्व सांगीतिक दुनियाँमा बियोन्से सुपरिचित नाम हो । उनीहरुको प्राइभेट जेट कम्पनीबाहेक लक्जरी श्याम्पेन ब्राण्डसमेत रहेको छ । यो समर (वर्षायाम)मा मात्रै उनीहरुले ८८ मिलियन डलरको भव्य महल लस एल्जेल्समा किनेका थिए । एलएको इतिहासमै यो किनाइ छैटौंँ महंगो हो । उनीहरु महंगा सेलिब्रेटी दम्पती हुन् । 


इभान स्पाइजल र मिराण्डा केर

  • संयुक्त सम्पत्ति स्वामित्व : ३.४४ बिलियन डलर

स्पाइजल स्न्यापच्याटका संस्थापक तथा प्रमुख कार्यकारी हुन् । उनी अमेरिकाका अर्बपतिमध्येका एक हुन् । यो वर्षको सुरुतिर मात्रै अष्ट्रेलियाकी सुपरमोडल मिराण्डा केरसँग उनको विवाह भएको थियो । उनको मात्रै सम्पत्ति स्वामित्व ४५ मिलियन डलर रहेको छ । अन्य शक्तिशाली दम्पतीजस्तै स्पाइजल र केरले पनि एकअर्कामा सम्मानित दायित्वहरु बाँडफाँट गर्छन् । उनले कम्पनीमा श्रीमानलाई सघाउने गरेकी छिन् ।


मार्क जुकरबर्ग र प्रिसिला चान

  • संयुक्त सम्पत्ति स्वामित्व : ७४.२ बिलियन अमेरिकी डलर

अहिले चर्चित सामाजिक सञ्जाल फेसबुकका सीईओ हुन् जुकरबर्ग । उनले २३ वर्षको उमेरमै पहिलो बिलियन डलर कमाएका थिए । चान उनकी क्याम्पस पढ्दादेखिकै प्रेमिका र अहिले उनकी श्रीमती हुन् । उनीहरुको विवाह २०१२ मा भएको थियो । अहिले यो दम्पतीको दुई जना छोरी छन् । जुकरबर्गले फेसबुकमार्फत सञ्चार क्षेत्रमा क्रान्ति ल्याइदिए । अहिले विश्वव्यापी रुपमा अनुसन्धान, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा यो दम्पतीले योगदान दिइरहेका छन् ।


बिल गेट्स र मेलिण्डा गेट्स

  • संयुक्त सम्पत्ति स्वामित्व : ८९.६ बिलियन डलर

बिल र मेलिण्डा गेट्सको सम्पत्ति करिब ९० मिलियन डलर रहेको छ । तर यो दम्पतीले ठूलो परिमाणमा रकम दान गर्ने, सामाजिक सेवा गर्ने गर्छ । दम्पतीको द बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसन नै रहेको छ, जुन २००० मा स्थापना गरिएको थियो । यसले विश्व स्वास्थ्यक्षेत्रमा विशेष काम गर्छ । २०१६ मा यो दम्पतीलाई तत्कालीन राष्ट्रपति बाराक ओबामाले मेडल अफ फ्रिडमले सम्मान गरेका थिए भने उनीहरुले सामाजिक सेवाका लागि अमेरिकाको सर्वोत्कृष्ट नागरिक अवार्ड पनि जितेका छन् । गेट्स दम्पतीको विवाह भएको २३ वर्ष भइसकेको छ भने उनीहरुका तीन जना बालबच्चा छन् ।


जेफ र म्याकेन्जी बेजोस

  • संयुक्त सम्पत्ति स्वामित्व : ९२.७ बिलियन डलर

जेफ बेजोस संसारकै धनी व्यक्ति हुन् । बेजोस दम्पतीको विवाहले २४ वर्ष पार गरिसकेको छ । जेफकी श्रीमती म्याकेन्जी बेजोस हुन्, उनी उपन्यासकार हुन् । एउटा इन्भेष्टमेन्ट फर्ममा उनीहरुले एकअर्कालाई भेटेका थिए । त्यसको एक वर्षपछि  जागिर छोडर उनीहरुले अमेजनको संस्थापना गरेका थिए ।

  • बिजनेस इन्साइडर डटकमबाट अनुदित ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै