• २०८१ बैशाख ७ शुक्रबार

करिश्मा कपुरको विवाह गर्ने बाटो खुला, व्यायफ्रेन्डको भयो डिभोर्स 

kharibot

मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपुरलाई अर्को विवाह गर्ने बाटो खुलेको छ । मिडिया रिपोर्टका अनुसार करिश्माले हाल डेट गरिरहेका संदिप तोषनीवालको आफ्नी श्रीमतीसँग समबन्ध विच्छेद भएपछि करिश्माको विवाहको बाटो खुलेको हो ।  

संदिप तोषनीवाल पछिल्लो ७ बर्षदेखी समबन्ध विच्छेदका लागि लागिरहेका थिए । उनले सन् २०१० मा सम्बन्धबिच्छेदका लागि निवेदन दिएका थिए । तर, उनकी श्रीमती डा.अशुतासँग सम्बन्धबिच्छेद गर्न सफल भएका छन् । सोमबार वान्द्राको परिवारीक अदालतको फैसला अनुसार उनले ९ र १२ बर्षकी दुई छोरीको पालनपोषण खर्चका रुपमा ३,३ करोड रुपैयाँ दिनुपर्ने र २ करोड अशुतालाई दिनुपर्ने भनी अदालतले निर्णय सुनाएको छ । यो सँगै अहिले अशिता दिल्लीको जुन घरमा बस्दै आएकी छिन् त्यो घरपनि संदिपले उनको नाममा गर्नु पर्ने भएको छ । दुवै छोरी भने आमासँग बस्ने छिन् । 

नायिका करिश्मा कपुरले पनि गत बर्ष आफ्नो श्रीमान संजय कपूरसँग सम्बन्धबिच्छेद गरेकी हुन् । संजय अहिले करिश्मासँग छुछुटिएपछि आफ्नो जिन्दगी सरल तरिकाले अगाडि बढाइरहेका छन् । 

अब संदिपकी श्रीमतीसँगको सम्बन्धबिच्छेद पछि करिश्मा र संदिपको विवाहका लागि त बाटो खुल्यो तर, अहिले सम्म अक्सर कार्यक्रममा सँगै दखिने यो जोडी आफ्नो सम्बन्धमा कहिले जोडिन्छन् भन्ने छ । छिट्टै फिल्म कम्ब्याक गर्ने तयारीमा रहेकी करिश्मा र संदिपले अहिलेसम्म आफ्नो सम्बन्धबारे सार्वजनीक रुपमा भने बोलेका छैनन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै