• २०८१ बैशाख १३ बिहीबार

अमलाको दैनिक प्रयोगले फाइदै फाइदा 

kharibot

काठमाडौँ । अमलामा भिटामीन सी पर्याप्त मात्रामा पाइन्छ । यसमा भिटामीन सी लगाएत क्याल्सीएम, आइरन, फस्फोरस,फाइबर र कार्बोहाइड्रेट पनि पर्याप्त मात्रामा पाइन्छ । यो तपाई हामी सबैलाई थाहा भएकै कुरा हो कि छाला र कपाल दुवैका लागि पनि यसले फाइदा गर्दछ । छालालाई सुन्दर राख्न यसको महत्वपुर्ण भूमिका हुन्छ । तर, यसको सिधै स्वास्थ्यसँग जोडिएको कुरा तपाईहरुलाई थाहा नहुन पनि सक्छ । अमला रगतमा सुगरको मात्रा निश्चीत गर्छ ।

यसको प्रयोगबाट हुने फाइदाका बारेमा तल दिइएको छ । 

१.    अमलामा प्रशस्त मात्रामा एन्टींअक्शीडेन्ट, पोटासीयम, कार्बोहाइड्रेट, आइरन, पाइन्छ । 
२.    अमला मेटाबोलीक कार्यक्षेमताको बढाउछ । यसले शरीरलाई स्वस्थ राख्दछ । अमला खाना पाचन शक्तिमा पनि सहयोग गर्दछ । प्रत्येक दिन यसको प्रयोग गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुनछ । 
३.    यसको प्रयोगले हाम्रो शरिरीरमा भएका हड्डिलाई बलियो बनाउन्छ । जोर्नी दुखेको, आस्टोपोरोसिस, अर्थराइटिसमा निको भएको महसुस हुन्छ । मस्तिष्कको मांशपेशिका लागि पनि यो उत्तम मानिन्छ । 
४.    मानसीक तनावमा हुनुहुन्छ भने अमला खानुहोस्, यसले तपाई तनाव मुक्त हुन सहयोग पुर्याउछ । यसले राम्रो निन्द्रा पनि लगाउछ । किड्नीमा हुने संक्रमण पनि यसले कमी ल्याउन्छ र पथ्थरीको पनि निदानमा सहयोग पुर्याउछ ।  
५.    अमलामा जिवाणुहरुसँग लड्ने क्षमता हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमतामापनि बृद्धी गर्दछ । शरिरमा भएका बिषादीलाई बाहिर निकालेर हाम्रो शरीरलाई स्वस्थ राख्न पनि मदत गर्दछ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै