• २०८१ बैशाख ७ शुक्रबार

उड्ने मान्छेले बनाए दुर्लभ विश्व रेकर्ड ! [फोटो फिचर]

kharibot

युरोप । बेलायतका आविष्कारक रिचार्ड ब्राउनिङले अनौठो विश्व रेकर्ड कायम गरेका छन् । उनले जेट सुट पहिरनमा विश्वकै तीव्रगतिमा उडेर अनौठो विश्व रेकर्ड कायम गरेका हुन् । उनलाई रकेट म्यान अर्थात् रकेटजस्तै उड्ने मान्छे भनिएको छ । अक्सर हलिउड फिल्ममा देख्न पाइने मानिस उडेको दृश्यले अन्ततः साकार रुप पाएको छ ।

उनले लगाएको जेट सुटको मूल्यमात्रै ४० हजार पाउण्ड स्टर्लिंग अर्थात् करिब ५५ लाख नेपाली रुपैयाँ पर्छ । यो कपडाको डिजाइनकर्ता पनि उनी आफैँ हुन् । उनले प्रतिघण्टा ३२.०२ गतिमा नयाँ गिनिज रेकर्ड बनाएका छन् ।

भविष्यमा यो कीर्तिमान तोड्ने पनि उनी नै हुनसक्नेछन् । उक्त सुटलाई पाखुरा चलाएर नियन्त्रण गर्न सकिन्छ भने हेलमेटले इन्धनबारे जानकारी दिने गरी बनाइएको छ ।

३८ वर्षीय ब्राउनिङले यो कीर्तिमान मंगलबार बेलायतको बर्कशाइरस्थित रिडिंगमा रहेको लगुना पार्कमा कायम गरेका हुन् । यसअघि प्रतिघण्टा ३० को गतिको कीर्तिमान गिनिजमा रेकर्ड भएको थियो ।

उनले कीर्तिमान कायम गरिरहँदा माहोल भने कुनै साइन्स फिक्सन फिल्मको दृश्यजस्तो लाग्थ्यो । उनी विस्तारै हावामा उड्ने क्रममा भुइँबाट करिब २ मिटर छोडेपछि गति लिएका थिए । यद्यपि उनले सुरुका दुई प्रयासमा भने सफलता पाएनन् ।

तेस्रो पटकमा भने उनले उक्त गतिमा नियन्त्रित रुपमा हावामा सम्हालिएको बताइएको छ । उनले पोखरीमाथि आफूलाई अवतरण गराएको बताइएको छ । उनी आफ्नो बुबाबाट प्रभावित थिए । उनका बाबु हेलिकोप्टर कम्पनीमा इन्जिनियर थिए ।

  • डेली मेलबाट अनुदित ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै