• २०८१ बैशाख ६ बिहीबार

ट्रम्पसँग गल्फ खेल्दा जापानी प्रधानमन्त्री आबे घुत्रुक्कै लडेपछि. . . (भिडियोसहित)

kharibot

पूर्वी एसिया । अमेरिकी राष्ट्रपति अहिले १५ दिने एसिया भ्रमणमा रहेका छन् । पाँच देशको भ्रमणमा आएका उनी सर्वप्रथम जापान गएका थिए ।

भ्रमणकै दौरान जापानका प्रधानमन्त्री शिञ्जो आबे र ट्रम्पले गल्फ समेत खेल्न भ्याए । गल्फ खेल्दा आबे लडेको देखिने भिडियो अहिले इन्टरनेटमा भाइरल बनेको छ । यद्यपि भिडियोमा लडेका व्यक्तिको अनुहार भने स्पष्ट छैन ।

भिडियोअनुसार शिञ्जो आबे, डोनाल्ड ट्रम्प र जापानका व्यावसायिक गल्फ खेलाडी हिडेकी मत्सुयामाले कसमममगेसे कन्ट्री क्लबमा गल्फ खेलेका थिए । सोही क्रममा सेतो रंगको जर्सी लगाएका आबे एक शट प्रहार गरेपछि असन्तुलित भई भुइँमा बजारिन पुगेका हुन् ।

यद्यपि उनी लडेको भने ट्रम्पले नदेखेको बताइएको छ । किनकि ट्रम्प अन्य व्यक्तिहरुसँगै केही अगाडि रहेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै