ग्लोबल आइएमई बैंकको ११औ साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश दिने 

खरीबोट
ad

काठमाडौँ । ग्लोबल आइएमई बैंकको एघारौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभाले आर्थिक बर्ष २०७३-०७४ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश (१० प्रतिशत बोनस र १० प्रतिशत नगद) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । 

बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताब पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी रु.८ अर्ब ८८ करोड पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । 

२०७४ असोज मसान्तसम्म  १ खर्व ४ अर्व ९४ करोड  निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । 

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अस्ट्रेलिया र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ भने संयुक्त अधिराज्य लण्डनमा समेत प्रतिनिधि-सम्पर्क कार्यालय स्थापना गरिसकेकोले छिट्टै कारोबार शुभारम्भ गर्न लागेको छ ।  

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
 

सम्बन्धित समाचार

ग्लोबल आइएमई र विजयपुर अस्पतालबीच सम्झौता 

काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र विजयपुर अस्पताल, धरानबीच आइतबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै

ग्लोबल आइएमई बैंक र ग्रीन सिटी अस्पतालबीच सम्झौता

काठमाडौँ।  ग्लोबल आइएमई बैंक र ग्रीन सिटी अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा

ग्लोबल आइएमई बैंकको एकैसाथ ७ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा 

काठमाडौँ । ग्लोबल आइएमई बैंकले २०७५ आषाढको तेस्रो साता थप ७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका ७ शाखारहित बैंकिङ्ग सेवा संगै बैंकको शाखारहित बैंकिङ्ग संख्या

ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई ५ थान नयाँ कम्प्यूटर सहयोग 

काठमाडौँ । ग्लोबल आइएमई बैंक काभ्रे जिल्लाको रोसी गाउँपालिका – ९, मंगलटार स्थित मंगल जन विजय माध्यामिक विद्यालयलाई ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ ।  काभ्रे जिल्लाको शैक्षिक विकासमा सहयोग