शैक्षिक गतिविधि गर्न माग राख्दै स्थानीय तहलाई ज्ञापनपत्र

खरीबोट

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)ले आज देशभर ७५३ वटै स्थानीय तहमा विभिन्न शैक्षिक गतिविधि गर्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । 

क्रान्तिकारीले आज देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखलाई स्थानीयस्तरबाट शैक्षिक गतिविधि सञ्चालन गर्नका लागि ज्ञापनपत्र बुझाएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

उनले अधिकारसम्पन्न स्थानीय तह बनेपछि स्थानीय तहबाट शैक्षिक क्रियाकलाप हुनुपर्ने माग राख्दै आज देशभरका स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाइएको बताए ।

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई पनि बस्नेत नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै महानगरप्रमुख शाक्यले सानासाना शैक्षिक गतिविधिको काम भइरहेको भन्दै ठूला काम चाँडै शुरु गरिने बताए ।

दशबुँदे ज्ञापनपत्रमा सार्वजनिक शिक्षाको स्तरोन्नतिका लागि पर्याप्त बजेट छुट्याउनुपर्ने, प्राथमिक तहमा मातृभाषामा विद्यालय खोलिनुपर्ने, १०५ विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, विपन्न विद्यार्थीका लागि आवास र खाद्य सामग्रीको बन्दबस्ती गर्नुपर्नेलगायत माग समेटिएको छ ।

यस्तै संविधानमा नागरिकको मौलिक हकका रुपमा लिपिबद्ध शिक्षा, स्वास्थ्य र रोजगारीको हकलाई कार्यान्वयन गर्ने दिशामा अग्रसर हुन, आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य गर्नका लागिसंवैधानिक व्यवस्था लागू गर्न माग गरिएको छ । 

सम्बन्धित समाचार

शिक्षा नीतिमा परिवर्तन आवश्यक : अध्यक्ष प्रचण्ड

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताए । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले

मङ्सिर दोस्रो साताभित्र सङ्घीय शिक्षा नीति ल्याइने

महोत्तरी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मङ्सिर दोस्रो साताभित्र सङ्घीय शिक्षा नीति ल्याउने सरकारको तयारी रहेको बताएका छन् । महोत्तरीको गौशालास्थित रेडियो रुपान्तरणले आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान तथा

शिक्षक–कर्मचारीको सामाजिक सञ्जाल निगरानी गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारीको सामाजिक सञ्जाल र मोबाइल फोन दुरुपयोग नियन्त्रणका लागि मार्गनिर्देशन जारी गरेको छ । ‘सामाजिक सञ्जाल र मोबाइलको फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन, २०७५’

शिक्षामा कोरियाली सहयोग बढाउन मन्त्री पोखरेलको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको बताएका छन् । नेपालका लागि दक्षिण कोरियाका राजदूत


z