• २०८१ बैशाख ८ शनिबार

सगरमाथा अस्पतालमा बिरामीको सङ्ख्या बढ्दो, चिकित्सक अभाव

kharibot

सप्तरी जिल्ला

सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि दैनिक विभिन्न रोगका बिरामीको सङ्ख्या एकातिर बढ्दै गएको छ भने अर्कोतिर चिकित्सकको अभावले अस्पतालमा उपचारको समस्या बढ्दै गएको छ ।

बढ्दो गर्मी र बाढीको कारण रुघाखोकी, ज्वरो, पखाला, टाइफाइड, हातखुट्टा दुख्ने जस्ता बिरामी दिनहँु अस्पतालमा उपचारका लागि आउने गरेको तर दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा बिरामी उपचार पाउन नसकेर अन्य स्थानमा जाने गरेको गुनासो पाइएको छ ।

अस्पतालमा करिब २२ जना कन्सल्टेन्ट चिकित्सकको दरबन्दी रहेकोमा हाल दुईजना मात्र छन् भने ६ जना मेडिकल अधिकृतको दरबन्दीमध्ये दुई जनाले काम गरिरेहको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा दयाशंकरलाल कर्णले जानकारी दिए । उनले चिकित्सकको अभावका कारण प्रभावकारी रुपमा अस्पतालमा स्वास्थ्य सेवा पु¥याउन नसकेको बताए ।

अर्थोपेडिक र जेनरल सर्जनको दरबन्दीसमेत यहाँ पूर्ण रुपमा खाली नै रहेको उहाँले बताउनुभयो । अस्पतालमा रु दुई करोड २४ लाख मूल्य बराबरको अत्याधुनिक उपकरण खरिद गरिएको र विभाग तथा मन्त्रालयबाट समेत उपकरण उपलब्ध भए पनि विशेषज्ञको अभावका कारण उपलब्ध भएका उपकरण पनि सञ्चालनमा आउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै