लिफ्ट प्रविधिको सिँचाइ आयोजना निर्माण

खरीबोट
ad

बाबियाचौर । बेनी नगरपालिका– २ खबरामा जिल्लामै पहिलो पटक ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण भएको छ । 

तरकारी खेतीको पकेट क्षेत्र खबरामा लिफ्ट प्रविधिको आयोजनामार्फत हाँडेभिरस्थित म्याग्दी नदीको किनारबाट पानी तानेर सिँचाइ सुविधा पुर्याइएको हो । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले नयाँ प्रविधिको सिँचाइ आयोजना निर्माण गरेको हो । 

नदी किनारमा इनार खन्ने, पाइप गाड्ने, पोखरी बनाउने र उपकरण खरिद गर्ने काम सकिसकेको यो आयोजना यसै महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताए । 

नदी किनारमा बनाइएको इनारबाट २५० मिटर उचाइमा रहेको लभ्लीहिलमा निर्माण भएको रिजर्भ ट्यांकीमा पुर्याइएको हो । योजनाको पूर्वाधार निर्माण र उपकरण खरिदमा हालसम्म रु एघार लाख खर्च भइसकेको छ । 

जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रु दश लाख अनुदान उपलब्ध गराएको थियो । इनारभित्र पसेको बालुवा फालेर आयोजना सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष कार्कीले बताए । 

मर्मत गरी सञ्चालनमा ल्याउन थप रु ५० खर्च हुने अनुमान गरिएको छ । योजनाबाट ४० घरधुरी कृषक लाभान्वित हुने जनाइएको छ । नदी किनारदेखि पाँचसय मिटर लामो ६३ मिलिमिटरको पाइपबाट प्रतिघण्टा १२ देखि १८ हजार लिटर पानी तान्ने क्षमताको समसिवल वेल पम्प जडान गरिएको छ । 

उक्त पम्प विद्युत्को सहायताले चल्ने जनाइएको छ । लभ्लीहिल, पिपलडाँडा, सिम्लेधारा र दारीम्बोटमा नदीबाट तान्ने पानी संकलन गर्ने पोखरी निर्माण भएको छ । लभ्लीहिलमा संकलन हुने पानी अर्को पम्पबाट पिपलडाँडा, सिम्लेधारा र दारीम्बोटमा पुर्याउने योजना समेत रहेको छ ।

सम्बन्धित समाचार

दुई कोरियाबीच कोरियाली द्वीपमा रेलमार्ग निर्माण सहमति  

सोल। उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ ।  कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको

रानीपोखरी पुनःनिर्माण अझै अन्योलमा

काठमाडौँ। भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ ।  भूकम्प गइसकेपछि दोस्रो पटक पुनः निर्माण गर्नका लागि काठमाडौँ महानगरपालिकाले बोलपत्र आह्वान गरी

दशैँलगत्तै भित्री शहरको पुनःनिर्माण र धुलो न्यूनीकरण गर्न प्राथमिकताका साथ लाग्छौ - मेयर शाक्य  

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले दशैँलगत्तै भित्री शहरको पुनःनिर्माण र धुलो न्यूनीकरण गर्न प्राथमिकताको साथ लाग्ने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले कुराकानीमा निर्वाचनको समयमा जनतासामु गरिएको प्रतिबद्धता धेरै कुरा पूरा

पुनर्निर्माणका दुई लाख गुनासो फर्छ्यौट, सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिकदेखि

काठमाडौँ / पुनः निर्माणबारेमा परेका दुई लाख पाँच हजार ५८४ गुनासो फछ्र्याैट भएको छ ।  निजी अवास पुनः निर्माण लाभग्राही सूचीमा नपरेकामा दुई लाख ३७ हजार ८५ जनाले स्थानीय तहको वडामार्फत


z