मेसीको खेलले रोनाल्डोको बढ्यो ‘प्रेसर’

खरीबोट
ad

काठमाडौँ । विश्व फुटबलमा पछिल्लो १० बर्ष राज गर्दै आएका अर्जेन्टिनी फुटबलर लियोनेल मेसी र पोर्चुगीच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको चर्चा नभएको कुनै दिन हुदैन ।

अझ पछिल्लो समय त अर्जेन्टिनालाई विश्वकप छनौटमा जिताएर मेसीले आफ्नो खुबी देखाए भने रोनाल्डोले पनि पोर्चुगललाई अन्तिम खेलमा जिताएर पोर्चुगललाई विश्वकपमा छनौट गराए । 

आफ्नो देशको खेलमा त अहिले दुवै खेलाडीको प्रदर्शनले विश्वकपको यात्रा तय गरायो तर यस सिजनमा क्लब फुटबलमा रोनाल्डोको प्रदर्शनलाई लिएर अनेकौ टिप्पणी हुन् थालेका छन् । अझ मेसी र रोनाल्डोको यस सिजनमा गरेको प्रदर्शनलाई दिनहुँ अनेकन प्रकारले विश्लेष्ण हुन् थालेको छ । 

स्पेनिस ला लिगाका दुई हस्ती क्लब रियल म्याड्रिड र बार्सिलोना जति प्रतिद्वन्दी छन् त्यो भन्दा ठुलो प्रतिद्वन्दी अहिले मेसी र रोनाल्डो भएका छन् । हुन् त पछिल्लो दश बर्ष देखि नै यी दुईको प्रतिद्वान्दिता देखिएको तर अहिले यो झन् बढेको देखिएको छ ।

केहि दिन अघि रोनाल्डोले यस सिजनमा ला लिगामा मेसीले भन्दा धेरै गोल गर्ने बाजी थापेको समाचार आयो भने मेसीले रोनाल्डो अब फर्ममा फर्किन नसक्ने बताएको समाचार आयो । यी कुरा सत्य  भए नभए पनि के चाँही सत्य हो भने रोनाल्डो र मेसीको प्रतिष्पर्धा अझै सकिएको छैन जुन विश्वभरका फुटबल प्रेमिका लागि खुशीको कुरा हो । 

यस सिजनमा मेसी अत्यन्त राम्रो फर्ममा रहेका छन् । ला लिगामा मेसीले ११ खेलमा १२ गोल गरेका छन् । त्यति मात्र होइन बार्सिलोनालाई रियलभन्दा ८ अंकले अगाडी पुर्याएका छन् । जबकी रोनाल्डोले यस सिजनमा केबल एक गोल गरेका छन् ।

ला लिगाका सुरुका खेलमा रेफ्रीलाई धक्काएका कारण गुमाएका रोनाल्डो ला लिगामा लयमा फर्किन संघर्ष गरिरहेका छन् । यस कारण पनि रोनाल्डो अब लयमा फर्किन नसक्ने अनुमान सुरु भएको छ । मेसीले यस सिजनमा गरेको प्रदर्शनले रोनाल्डोलाई निकै दबाबमा पारेको छ । रोनाल्डोको दबाब उनका पछिल्ला खेलमा गोल नहुँदा उनले देखाएको व्यबहारबाट सजिलै अनुमान गर्न सकिन्छ । 

हाल राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल पनि छोडेर रोनाल्डो लयमा फर्किने प्रयासमा रहेका छन् । रोनाल्डोले गोल नगर्दा रियल म्याड्रिड पनि संकटमा परेको छ । रियल ११ खेलमा २३ अंक सहित तेस्रो नम्बरमा रहेको छ । रियल र रोनाल्डोका लागि बार्सिलोना र मेसीलाई जित्न छिटो लयमा फर्किनु पर्ने देखिएको छ भने मेसीले पछिल्लो समय अर्जेन्टिनालाई विश्वकपमा पुर्याएको योगदान र यस सिजनमा देखाएको खेलले मेसी र रोनाल्डोको प्रतिष्पर्धा झन् रोचक हुने देखिन्छ ।
 

सम्बन्धित समाचार

रोनाल्डोले रियल छोड्छन् भने कल्पना पनि गरेको थिइन - लियोनेल मेसी 

काठमाडौँ।  बार्सिलोनाका सुपरस्टार लियोनेल मेसीले क्रिस्टियानो रोनाल्डो बिना रियल म्याड्रिड कमजोर रहेको बताएका छन्। काटालुनिया रेडियोलाई दिएको एक अन्तर्वार्तामा मेसीले रियल म्याड्रिड विश्वकै उत्कृष्ट क्लब रहेको र यसका खेलाडीहरु पनि

लियोनेल मेसी बने बार्सिलोनाको नयाँ कप्तान 

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसी बार्सिलोनाका पनि कप्तान बनेका छन्।   आन्द्रे इनेस्टाले बार्सिलोना छोडेपछि मेसीलाई बार्सिलोनाले नयाँ कप्तान बनाएको हो। मेसी २०१५ देखि नै बार्सिलोनाको उपकप्तान थिए। बार्सिलोनाको नयाँ

साख जोगाउने दबाबमा लियोनेल मेसी, समुह ‘डी‘ को यस्तो छ विश्लेषण

काठमाडौँ । विश्वकप अन्तर्गत समुह ‘डी’ का समुह चरणका अन्तिम खेल आज हुदैछन् । ग्रुप अफ डेथ भनिएको समुह ‘डी’ बाट क्रोसिया दोस्रो चरणमा प्रवेश गरिसकेको छ भने अब नाइजेरिया, आइसल्याण्ड

बार्सिलोनाको उपाधि जित्ने सिलसिला अर्जेन्टिनामा ल्याउछु – लियोनेल मेसी 

काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीले बार्सिलोनाको उपाधि जित्ने सिलसिलालाई राष्ट्रिय टिम अर्जेन्टिनामा पनि ल्याउने बताएका छन् । आगामी जुन १४ देखि सुरु हुने विश्वकप फुटबलको तयारीमा रहेका मेसीले अर्जेन्टिनी