• २०८१ बैशाख ११ मंगलबार

मेसीको खेलले रोनाल्डोको बढ्यो ‘प्रेसर’

kharibot

काठमाडौँ । विश्व फुटबलमा पछिल्लो १० बर्ष राज गर्दै आएका अर्जेन्टिनी फुटबलर लियोनेल मेसी र पोर्चुगीच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको चर्चा नभएको कुनै दिन हुदैन ।

अझ पछिल्लो समय त अर्जेन्टिनालाई विश्वकप छनौटमा जिताएर मेसीले आफ्नो खुबी देखाए भने रोनाल्डोले पनि पोर्चुगललाई अन्तिम खेलमा जिताएर पोर्चुगललाई विश्वकपमा छनौट गराए । 

आफ्नो देशको खेलमा त अहिले दुवै खेलाडीको प्रदर्शनले विश्वकपको यात्रा तय गरायो तर यस सिजनमा क्लब फुटबलमा रोनाल्डोको प्रदर्शनलाई लिएर अनेकौ टिप्पणी हुन् थालेका छन् । अझ मेसी र रोनाल्डोको यस सिजनमा गरेको प्रदर्शनलाई दिनहुँ अनेकन प्रकारले विश्लेष्ण हुन् थालेको छ । 

स्पेनिस ला लिगाका दुई हस्ती क्लब रियल म्याड्रिड र बार्सिलोना जति प्रतिद्वन्दी छन् त्यो भन्दा ठुलो प्रतिद्वन्दी अहिले मेसी र रोनाल्डो भएका छन् । हुन् त पछिल्लो दश बर्ष देखि नै यी दुईको प्रतिद्वान्दिता देखिएको तर अहिले यो झन् बढेको देखिएको छ ।

केहि दिन अघि रोनाल्डोले यस सिजनमा ला लिगामा मेसीले भन्दा धेरै गोल गर्ने बाजी थापेको समाचार आयो भने मेसीले रोनाल्डो अब फर्ममा फर्किन नसक्ने बताएको समाचार आयो । यी कुरा सत्य  भए नभए पनि के चाँही सत्य हो भने रोनाल्डो र मेसीको प्रतिष्पर्धा अझै सकिएको छैन जुन विश्वभरका फुटबल प्रेमिका लागि खुशीको कुरा हो । 

यस सिजनमा मेसी अत्यन्त राम्रो फर्ममा रहेका छन् । ला लिगामा मेसीले ११ खेलमा १२ गोल गरेका छन् । त्यति मात्र होइन बार्सिलोनालाई रियलभन्दा ८ अंकले अगाडी पुर्याएका छन् । जबकी रोनाल्डोले यस सिजनमा केबल एक गोल गरेका छन् ।

ला लिगाका सुरुका खेलमा रेफ्रीलाई धक्काएका कारण गुमाएका रोनाल्डो ला लिगामा लयमा फर्किन संघर्ष गरिरहेका छन् । यस कारण पनि रोनाल्डो अब लयमा फर्किन नसक्ने अनुमान सुरु भएको छ । मेसीले यस सिजनमा गरेको प्रदर्शनले रोनाल्डोलाई निकै दबाबमा पारेको छ । रोनाल्डोको दबाब उनका पछिल्ला खेलमा गोल नहुँदा उनले देखाएको व्यबहारबाट सजिलै अनुमान गर्न सकिन्छ । 

हाल राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल पनि छोडेर रोनाल्डो लयमा फर्किने प्रयासमा रहेका छन् । रोनाल्डोले गोल नगर्दा रियल म्याड्रिड पनि संकटमा परेको छ । रियल ११ खेलमा २३ अंक सहित तेस्रो नम्बरमा रहेको छ । रियल र रोनाल्डोका लागि बार्सिलोना र मेसीलाई जित्न छिटो लयमा फर्किनु पर्ने देखिएको छ भने मेसीले पछिल्लो समय अर्जेन्टिनालाई विश्वकपमा पुर्याएको योगदान र यस सिजनमा देखाएको खेलले मेसी र रोनाल्डोको प्रतिष्पर्धा झन् रोचक हुने देखिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै