एसिया प्रशान्त क्षेत्रको ‘चामत्कारिक’ सफलता : राष्ट्रपति ट्रम्प

खरीबोट
ad

दा नाङ, भियतनाम ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भियतनाममा भएको एक कार्यक्रममा एसिया–प्रशान्त क्षेत्रमा केही दशक यता भएको आर्थिक प्रगतिलाई ‘चामत्किारिक’ सफलता बताएका छन् ।  

“एसिया–प्रशान्त क्षेत्रको अर्थतन्त्र पहिलेपनि मजबुत होे र अझै उदीयमान रहेको छ,” उनले थपे । एसिया–प्रशान्त क्षेत्रका मुलुकहरूले आजका दिनमा गरेको आर्थिक सुधार चामत्कारिक सफलता हो, राष्ट्रपति ट्रम्पले मध्य भियतनामका दा नाङ शहरमा भएको एसिया–प्रशान्त आर्थिक सहायता (एपेक) को उच्च अधिकारीहरूको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उक्त धारणा राखेका छन् । 

सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले गरेको आर्थिक सफलताकोे प्रसंशा गर्दै भने, “चीनले विगत केही दशकमा बजारीकरणमा निकै सुधार ल्याएको छ जसका कारण तीब्र आर्थिक प्रगतिकोे अनुभव र रोजगारका अवसरलाई फैलाउन सफलता मिलेको छ । ” 

अमेरिकाको एसिया–प्रशान्त क्षेत्रका मुलुकसँगको भूमिकाबारे भने, “हामीले यस क्षेत्रका राष्ट्रमाथि बोलवाला सिर्जना गर्ने कल्पना नगरेको तर मित्रता चाहेका हौँ ।”  अमेरिकी राष्ट्रपतिले विश्व वैंक र एसियाली विकास वैँकले उच्च गुणस्तरको आधारभूत संरचनाको निर्माणमा लगानी गर्दै यस क्षेत्रको आर्थिक विकासलाई प्रोत्साहन गर्नुपर्ने र यसमा अमेरिकाकातर्फबाट सम्भावित सहयोग रहने बताए । 

उनले राष्ट्रिय सुरक्षाका लागि आर्थिक सुरक्षा महत्वपूर्ण रहेकोमा जोड दिँदै भने, “विश्वले सामना गरिरहेको सुरक्षा, सार्वभौमसत्ता र स्थिरताका लागि अहिले ठूलो चुनौति रहेको छ र विश्व सुरक्षाको चासोका विषयमा सवैको प्रयास जरुरी छ ।” 

उनले अमेरिकाले यस क्षेत्रका मुलुकसँग नयाँ सम्बन्ध स्थापना गर्न चाहेको र यसको उद्देश्य अमेरिकाको यस क्षेत्रका मुलुकसँगको व्यापारिक सम्बन्धलाई ‘पारस्पारिक न्याय’का आधारमा मजबुत बनाउने रहेको बताए । 

शुक्रबार समाप्त भएको एपेक प्रमुखहरूको सम्मेलनमा विश्वका करिब दुई हजार व्यवसायीले प्रतिनिधित्व गरेका र सम्मेलन क्षेत्रीय आर्थिक विकासका लागि भएको बताइएको छ । 

सम्बन्धित समाचार

मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै भएनन्- डोनाल्ड ट्रम्प

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्ता जेफ सेसनबिरुद्ध फेरि आक्रोस पोकेका छन् । उनले भने, “मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै छैनन् ।”  हील टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू जेसनको

डोनाल्ड ट्रम्पलाई भगवान् मानेर पूजा ! तस्बिरमा दूधको अभिषेक पनि !  

हैदरावाद (भारत) । एक भारतीयले वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूजा गर्ने गरेको समाचार बाहिर आएको छ । उनले आफ्नो पूजाघरमा ट्रम्पको तस्बिर नै राखेर पूजा गर्ने गरेका छन् । हरेक बिहान

निर्वाचनमा रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ म सँग छ - डोनाल्ड ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको सम्भावित रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ आफूमा निहित रहेको भए पनि गल्ती नै नगरेको व्यक्तिले माफी माग्नु

ट्रम्प सञ्चारकर्मीको भोजमा सहभागी नबन्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष पनि सञ्चारकर्मीको आयोजनामा गरिने भोज कार्यक्रममा सहभागिता नजनाउने निर्णय गरेको आयोजकले जनाएको छ ।  हामीलाई राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउसका सञ्चारकर्मीको संगठनद्वारा आयोजनामा यही