मैत्रीपूर्ण खेलमा ब्राजिलद्वारा जापान पराजित, पेनाल्टी हान्न चुके नेइमार 

खरीबोट
ad

काठमाडौँ । ब्राजिलले मैत्रीपूर्ण फुटबल खेलमा जापानलाई पराजित गरेको छ ।

शुक्रबार भएको खेलमा ब्राजिलले जापानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलका लागि नेइमार, मार्सेलो र गाब्रियल जिससले गोल गरेका थिए भने जापानका लागि एक गोल माकिनोले गरेका थिए ।

खेलको १०औ मीनेटमा ब्राजिलले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै नेइमारले ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको १६औ मिनेटमा ब्राजिलले पाएको दोस्रो पेनाल्टीलाई भने नेइमारले गोल गर्न सकेनन् ।

तर १७औ मिनेटमा मार्सेलोले गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर पारेका थिए । खेलको ३६औ मीनेटमा जिससले गोल गर्दै ब्राजिलले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो । दोस्रो हाफमा जापानका माकिनीले सान्त्वना गोल गरेका थिए । 

ब्राजिलले यसै साता इङल्याण्डसँग पनि मैत्रीपूर्ण खेल खेल्दै छ ।    
 

सम्बन्धित समाचार

एम्बाप्पे र नेइमार बिना पिएसजीको सहज जित

काठमाडौँ। फ्रेन्च लिग वानमा पिएसजीले लगातार पाचौ जित गरेको छ । गएराती भएको खेलमा पिएसजीले सेन्ट इटेइनेलाई ४-० ले जित हासिल गरेको छ। पिएसजीको जितमा एडिसन कभानी, एन्जल डि मारिया,

साल्भाडोरमाथि ब्राजिलको ५-० को जित, डेभ्यु खेलमा रिचार्लिसनले गरे २ गोल

काठमाडौँ।  ब्राजिलले साल्भाडोरलाई मैत्रीपूर्ण खेलमा ५-० ले पराजित गरेको छ। बुधबार बिहान भएको खेलमा ब्राजिलले ५ गोल हान्दै अमेरिका टुरमा लगातार दोस्रो जित हासिल गरेको छ।  ब्राजिलको जितमा रिचार्लिसनले २ गोल

ब्राजिलियन फुटबलर मार्सेलोलाई स्पेनमा कर छलेको आरोप, ४ महिना जेल र जरिवाना सुनाइयो 

काठमाडौँ।  रियल म्याड्रिडबाट खेल्ने ब्राजिलियन फुटबलर मार्सेलोलाई स्पेनमा करछलीको आरोपमा ४ महं को जेल सजाय र ७ लाख ५० हजार युरो जरिवाना गरिएको छ। ३० बर्षिय प्ले मेकर मार्सेलोलाई आन्फो

मैत्रीपूर्ण खेलमा अमेरिकामाथि ब्राजिलको सहज जित, फिर्मिनो र नेइमारले गरे गोल 

काठमाडौँ।  मैत्रीपूर्ण खेलमा ब्राजिलले अमेरिकालाई पराजित गरेको छ।  शनिबार बिहान अमेरिकामा भएको खेलमा ब्राजिलले अमेरिकालाई २-० ग्ल अन्तरले पराजित गरेको छ।  ब्राजिलको जितमा लिभरपुलबाट खेल्ने रोबोर्ट फिर्मिनो र कप्तान नेइमारले गरेका