• २०८१ बैशाख ८ शनिबार

मेसीले चिनेनन् आफ्नै सहकर्मी खेलाडी, यसरी मागे माफी 

kharibot

लियोनेल मेसीसँग फ्यान बनेर तस्बिर खिच्ने अर्जेन्टिनी युवा खेलाडी सेब्सटियन ड्रीउसी

काठमाडौँ । अर्जेन्टिनी खेलाडी लियोनेल मेसीले आफ्नै सहकर्मी खेलाडीलाई नचिनेको खुलासा भएको छ ।

घटना रसियाको हो । लियोनेल मेसी हाल रसियासँगको मैत्रीपूर्ण खेलका लागि रसियामा छन् । मेसी बसेको होटलमा उनका फ्यानहरु मेसिसँग फोटो खिचाउन आइरहेका थिए ।

यसैबीच अर्जेन्टिनाका युवा खेलाडी सेब्सटियन ड्रीउसी जो रसियाको क्लब जेनिट सेन्ट पिटरबर्गबाट खेल्छन उनि आफ्ना अर्जेन्टिनी खेलाडीसँग भेट्न होटेल पुगेका थिए । यसैबीच सेब्सटियनले मेसीले फ्यानहरुसँग फोटो खिचाइरहेको ठाउँमा गए । मेसिसँग फोटो खिचे र उनि त्यँहाबाट गए । सेब्सटियनले सो फोट इन्स्टाग्राममा पोष्ट गरेपछि मेसीले सो फोटो देखेपछि थाहा पाए की उनि आफ्ना फ्यान नभएर अर्जेन्टिना कै खेलाडी हुन् । २१ बर्षिय युवा खेलाडी सेब्सटियनले अर्जेन्टिनाका लागि अन्डर १७ र अन्डर २१ खेलिसकेका छन् बहने हाल रसियन क्लब जेनिट सेन्ट पिटरबर्गबाट खेल्ने गर्दछन् । 

मेसीले आफुबाट गल्ती भएको थाहा पाएपछि तुरुन्तै सेब्सटियन सम्पर्क गरेर माफी मागेका छन् । मेसीले अर्जेन्टिनाको फक्स स्पोर्ट्ससँग कुरा गर्दै सो घटना निकै नराम्रो लागेको बताएका छन् । ‘मैले त्यो बेला उनलाई चिनिन तर म् उनलाई चिन्छु र यसअघी हाम्रो कुरा पनि भएको थियो’ मेसीले भने । उनले मसँग तस्बिर खिच्न आग्रह गरे मैलेपनि मेरो फ्यान होलान जो मसँग तस्बिर लिन बसेका छन् भनेर स्वीकार गरे, मेसीले भने । तर जब मैले इन्स्टाग्राममा सो तस्बिर देखेपछि मैले उनीसँग माफी मागे, हामीले यसअघि कुरा गरेका थियौ र हाम्रो टाटु कलाकार पनि एउटी हो, मेसीले थपे । 

सेब्सटियनले इन्स्टाग्राममा फोटको लागि धन्यवाद आइडियल लियो मेसी भनेर सो तस्बिर सहित पोष्ट गरेका थिए ।   
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै