खानाका परिकारहरु घरदैलोसम्म पुर्याउने फुडमाण्डू ८औं वर्षमा प्रवेश

खरीबोट
ad

काठमाडौँ । काठमाण्डौंका विभिन्न उत्कृट रेष्टुरेण्टहरुबाट खानाका परिकारहरु घरदैलोसम्म उपलब्ध गराउने एक अग्रणी सेवा प्रदायक कम्पनी फुडमाण्डूले आफ्नो सातौ वर्ष पूरा गरेको छ । यस अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो बेवसाइटको नयाँ संस्करणको शुभारम्भ भएको घोषणा गरेको छ ।

आउँदा दिनहरुमा सेवा गुणस्तरलाई अझ बढाउँदै, सेवा प्रदान गर्ने स्थानहरुको परिधी तथा आफुसँग आवद्य रेण्टुरेण्टहरुको संख्या क्रमिक रुपमा बढाउँदै लाने योजना रहेको फुडमाण्डूका प्रमुख कार्यकारी मनोहर अधिकारीले जानकारी दिएका छन् ।

सन् २०१० नोभेम्बर ११ मा आफ्नो सेवा सुरुवात गरेको उक्त कम्पनीले स्थापनादेखि हालसम्म २ लाखभन्दा बढी अर्डरहरु ग्राहकहरुको घरदैलोसम्म डेलिभरी गरिसकेको छ ।

सक्षम, सपर्पित र लगनशील कर्मचारीहरु तथा उच्चस्तरीय प्रविधि र कुशल व्यवस्थापनको माध्यमबाट फुडमाण्डूले देशमा आफुलाई खानासँग सम्बद्र डेलीभरी सेवा प्रदान गर्ने एक भरपर्दो र चिरपरिचित कम्पनीको रुपमा स्थापित गर्न सफल भैसकेको छ ।

सातौ वर्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले ११ नोभेम्बरदेखि ७ दिनका लागि प्रत्येक अर्डरमा ७ प्रतिशत छुट उपलव्ध गराउने योजना ल्याएको छ । ग्राहकहरुले कम्पनीको वेवसाइट, मोवाईल एप वा टेलिफोन जुनसुकै माध्यमबाट गरिने अर्डरमा यो छुट प्राप्त गर्न सक्नेछन । यसका साथै  डिसेम्बर १५ देखि नेपालमा नै पहिले पटक अनलाईन फुड फेस्टिबलको आयोजना गर्न गइरहेको जनाकारी पनी कम्पनीले गराएको छ ।

१७५ भन्दा बढी प्रख्यात रेष्टुरेन्टहरुसँग सहकार्य गर्दै आएको फुडमाण्डूले स्वादमा विविधता चाहने ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नमा कुनै कसर बाँकी राखेको छैन ।
 

सम्बन्धित समाचार

सांसदको गुनासो : संघीय संसदको चिया खाने ठाउ बरेलीको मुसाफिर खाना जस्तो !

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदले संसद भवनको ट्वाइलेट र क्यान्टिन गुनासो गरेका छन् । बैठकको शुन्य समयमा बोल्दै सांसद मोहन बानियाँले दुर्गमका कुरा गर्दा कसैले नसुनेको भन्दै संसद भवनको

बारा खाना तथा दशैं महोत्सव असोजमा हुने

बारा। होटल तथा पर्यटन व्यवसायी संघ बाराले दोश्रो खाना तथा दशैं महोत्सव २०७५ गर्ने भएको छ । नेपालीहरुको महान् पर्व बडा दशैं तथा शुभ–दिपावलीको अवसर पारेर संघले यस बर्ष पनि

मेडिसिटीमा स्तन र खाना नलीको क्यान्सर सम्बन्धि विश्वस्तरीय सम्मेलन हुदै 

काठमाडौँ।  अमेरिका स्थित विश्वप्रशिद्ध येल न्यु हेभन हस्पिटल र नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोग सम्बन्धमा विश्वस्तरीय सम्मेलनको आयोजना गर्ने भएको छ । यहि श्रावण १४ देखि १६

आधुनिक बन्दै जाउलाखेलको सदर चिडियाखाना

ललितपुर / राणाकालमा निर्माण भएको जाउलाखेलस्थित सदर चिडियाखाना आधुनिक बन्दैछ ।  यहाँका भौतिक सुधारसँगै सूचना प्रणालीको प्रयोगमार्फत चिडियाखाना बदलिन लागेको चिडियाखानाले जनाएको छ ।  चिडियाखानाको जनावरका खोर, भान्सा, कार्यालयलगायतका भवन सबै सुधारका