• २०८१ बैशाख ७ शुक्रबार

विवाह अगाडी सेक्सबारे जान्नै पर्ने केहि कुरा

kharibot

काठमाडौँ । अब विवाहको सिजन आउदै छ । विवाह भन्ने वित्तिकै सेक्सको कुरा त आइहाल्छ । सम्बन्ध अनेकन प्रकारका हुन्छन् तर पनि विवाह पश्चात तपाइँको सेक्स जीवन पनि उत्तिकै सुखी र सन्तुष्ट हुन् उत्तिकै जरुरी हुन्छ सफल जीवनका लागि । त्यसैले हामी यँहा विवाह भन्दा अगाडी सेक्स बारे जान्नै पर्ने केहि प्रश्न र तिनका उत्तरका बारेमा चर्चा गर्दछौ । 

अहिले समय परिवर्तन भएको छ । हामीलाई प्रविधिले निकै हदसम्म नजिक र सजिलो बनाइदिएको छ । अहिले इन्टरनेटको पहुँचले गर्दा विवाह गर्न उमेर पुगेका युवायुवतीले कुनै न कुनै रुपमा सेक्ससँग सम्बन्धित जानकारी हासिल गरिसकेका हुन्छन् । आफुले अनुभव नगरेपनि पढेर धेरै कुरा सिकिसकेका हुन्छन् । विवाह अगाडी सम्बन्धमा भए नभएको बारे खुल्ला रुपमा आफ्नो जीवन साथीसँग कुरा गरे भविष्यमा कुनै समस्या आउदैन । किनकी सेक्सुअल स्वास्थ्यको बारेमा कुरा गर्नु अत्यन्त जरुरी हुन्छ । खुला दिमागले यसबारे कुरा गरेर पछि आउने समस्याबाट मुक्त हुन् सकिन्छ ।

वैवाहिक जीवन सुखमय बन्नका लागि सेक्सको पनि ठुलो भूमिका हुन्छ । विवाह गर्नु अगाडी दुवैले कम्तिमा यति कुरा तय गर्नुपर्छ की दुबैको जीवनमा सेक्सको महत्व कति छ र यसबारे दुबैको सोच मिल्छ की मिल्दैन ।

हाम्रो सामाजिक बनावटले यी कुराहरु गर्न त्यति सजिलो छैन तर पनि अहिलेको खुला समाजमा विवाह पछि सम्बन्धमा सेक्स कै कर्ण समस्या नआओस भन्नका लागि यसबारेमा स्वास्थ्य सोच राखेर विवाह भन्दा अगाडी नै कुरा गर्नु फाइदाजनक हुन्छ ।

सबै युवा युवतीको सेक्सका बारेमा पनि एउटा कल्पना हुन्छ जो आफ्नो जीवन साथीमा खोज्दछ । आफ्नो हुनेवाला जीवन साथीको सेक्सका बारेमा विचार जान्दा उसको व्यक्तित्व र अन्य पक्षका बारेमा पनि धेरै कुरा जान्न सकिन्छ जसले सफल जीवन यापनमा सहयोग पुर्याउछ । त्यसैले आफ्नो हुनेवाला जीवनसाथीको मनपर्ने कुरा र नपर्ने कुरा बारे जानी राख्दा फाइदा नै हुन्छ ।

अहिले समाजिक सञ्जालको जमानामा आफ्नो जीवन साथीको विगतको बारेमा जानकारी लिने र बुझ्न निकै जरुरी छ । किनकी दुबैले के चिजलाई एक अर्कालाई धोका दिएको सम्झिन्छन भन्ने कुरा तय गर्नु पर्दछ । कसैलाई आफ्ना केटा या केटि साथीसँग अनलाइन च्याट गरेको मन पर्न सक्छ कसैलाई नपर्न सक्छ । त्यसैले यसबारेमा विवाहपुर्व नै एउटा मापदण्ड बनाए विवाह पश्चात कुनै समस्या नपर्न सक्छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै