• २०८१ बैशाख ७ शुक्रबार

सलमानको ‘टाइगर जिन्दा है’ को ट्रेलरले बनायो विश्व रेकर्ड

kharibot

मुम्बई । बलिवुडका सुपरस्टार अभिनेता सलमान खानको हालै रिलि गरिएको फिल्म ‘टाइगर जिन्दा है’ को ट्रेलरले नयाँ रेकर्ड बनाएको छ । 

गत नभेम्बर ७ मा रिलिज गरिएको सो ट्रेलर युट्युबमा अहिलेसम्म कै सबैभन्दा लोकप्रिय ट्रेलर बनेको छ । युट्युबमा सो ट्रेलरलाई २९ मिलियन अर्थात २ करोड ९३ लाख पटक हेरिएको छ भने ७ लाख २५ हजार जनाले लाइक गरेका छन् । यति धेरैले कुनै ट्रेलर लाइक गरेको यो पहिलो पटक हो ।

दीपिका पदुकोनेको पद्मावतीलाई ६ लाख लाइक छ बहने हलिवुडको फिल्म क्याप्टेन अमेरिकाको ट्रेलरको लाइक ६ लाख ४५ हजार लाइक रहेको थियो । त्यस्तै बाहुबली-२ को ट्रेलरको लाइक ६ लाख ४८ हजार थियो । 

एक्सन प्रधान यस फिल्मले इन्टरनेटका विभिन्न रेकर्ड तोडेको छ । फिल्मको ट्रेलरले पहिलो पटक एक मिलियन लाइक पाउने सम्भावना बढेको छ जुन अहिलेसम्म कुनै ट्रेलरले पाएको छैन । 

आगामी डिसेम्बर २२ मा रिलिज हुने यस फिल्ममा सलमान खान र कट्रिना कैफको एक्सन देख्न सकिन्छ । फिल्मलाई यस राज ब्यानरले निर्माण गरेको छ भने अलि अब्बास जाफरले फिल्मको लेख्न र निर्देशन गरेका छन् ।   


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै