• २०८१ बैशाख ८ शनिबार

रियलका लागि खर्चिलो भए ग्यारेथ बेल, खेल नखेली नै पाउछन् करोडौ 

kharibot

काठमाडौँ । रियल म्याड्रिडबाट खेल्ने वेल्सका फुटबलर ग्यारेथ बेलको क्यारियर अहिले संकटमा परेको छ । धेरै जसो इन्जुरिका कारण खेलबाट बाहिर भएपछि उनको क्लबले ठुलो आर्थिक भार बेहोर्नु परेको रिपोर्ट बाहिरिएको छ । 

सन् २०१३ मा ७७ मिलियन पाउण्डमा इङलिश क्लब टोटनह्यामबाट रियल म्याड्रिड गएका बेलअहिलेसम्म रियलका लागि १५९ खेल खेलेका छन् । तर उनलाई रियलले तिरेको पैसाको तुलन मा बेलले आफ्नो खेल देखाउन सकेका छैनन । 

उनको राम्रो सिजन भनेको २०१३/१४ को च्याम्पियन्स लिग रहेको छ जसको फाइनलमा गोल गरेर रियललाई जिताएका थिए । तर २८ बर्षिय बेलको जसरी चर्चा अग्रिएको थियो र उनको जुन सम्भावना थियो त्यो उनले रियललाई दिन नसकेको चर्चा अब हुन् थालेको छ ।

ग्यारेथ बेलले रियल म्याड्रिडबाट प्रति साता ३ लाख २८ हजार युरो पारिश्रमिक पाउने गर्दछन् । रियलले अहिलेसम्म बेललाई लगभग १७० मिलियन युरो खर्च गरिसकेको छ । उनको इन्जुरीलाई हेर्ने हो भने रियल गएदेखि उनि १९ पटक घाइते भएका छन् । औसतमा हरेक सिजनमा उनि चार पटक घाइते भएका छन् ।

अहिले पनि रियलले एक विज्ञप्ति निकाल्दै बेल घाइते भएको जनाउदै अझै एक महिना मैदान बाहिर रहने बताएको छ ।

बेल रियल गएदेखि क्लबले तीन च्याम्पियन्स लिग, ला लिग र कोपा डेल रे जितेको छ तर त्यसमा बेलको योगदान निकै कम देखिन्छ ।

आफ्नो देश वेल्सका लागि ६८ खेलमा ५६ गोल गरेका बेलले हालै घाइते भएकै कारण विश्कप छनौट खेल्न नसक्दा वेल्स विश्वकप छनौट नै हुन सकेन ।

रियलमा पटक जित्ने सुचिमा बेलको नाम आएपनि रोनाल्डो र अन्य खेलाडीले जस्तो रियलका फ्यानहरुको मन जित्न पनि बेल असफल भएका छन् । धेरै जसो मैदान बाहिर भएकै कारणले अहिले उनको ठाउमा रियलमा इस्को र मारको असेन्सियोले राम्रो प्रदर्शन गर्ने मौका पाएका छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै