• २०८१ बैशाख ७ शुक्रबार

अमेरिकी निर्वाचनमा हस्तक्षेपका आरोपहरु ‘हाँस्यास्पद’ : पुटिन

kharibot

हनोइ, भियतनाम । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भनी अमेरिकी वृत्तमा लगाइने गरेको आरोपको पुनः खण्डन गर्दै आरोप आधारहीन रहेको बताएका छन् । 

रसियाली राष्ट्रपति पुटिन शनिबार भियतनाममा भएको एसिया प्रशान्त क्षेत्रस्तरीय शिखर सम्मेलनको शिलशिलामा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको भेटमा निर्वाचनमा हस्तक्षेपको आरोपले आँफूलाई अपमानित भएको महसुस गरेको बताएका ट्रम्पले बताए । 

पुटिनले हस्तक्षेपका आरोपहरुलाई ‘हाँस्यास्पद’ भनी टिप्पणी गरेका बताइएको छ ।  न्याय मन्त्रालयले ट्रम्पको टोलीमाथि लागेको साँठगाँठको आरोपसहितका दाबीहरुमाथि छानबिन गरिरहेको छ । 

छानबिनका क्रममा धेरै पूर्व प्रमुख सहयोगीहरुको नाम पनि तानिएको छ । सम्मेलनको क्रममा पुटिनसँग ’दुई’ वा ’तीन’ पटक संक्षिप्त कुराकानी भएको ट्रम्पले बताए । 

आँफूहरूबीच सिरियामा जारी युद्धको बिषयमा छलफल भएको र यस बिषयमा सैन्य समाधान उपयुक्त नभएको तर इश्लामिक आतङ्कवादी जिहादी समूह (आइएसआइएस) लाई परास्त गर्ने विषयमा एकमत भएको ट्रम्पको भनाइ थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै