• २०८१ बैशाख १३ बिहीबार

क्लासिक टेकको ‘काइदा छ, फाइदा छ’ अफर

kharibot

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्ना ग्राहकमा काइदा छ फाइदा छ अफर ल्याएको छ । क्लासिकले आफ्नो इन्टेरनेट ग्राहकहरुलाई लक्षित गरी चार वटा स्किमको नयाँ अफर ल्याएको हो ।

अफरअन्तर्गत ६ एमबीपीएस रु. १०९९ प्रतिमहिना, १५ एमबीपीएस रु १०४२ प्रतिमहिना, ३० एमबीपीएस रु. १४५० प्रतिमहिना र ६० एमबीपीएस रु. १८३० प्रतिमहिनाको दरमा ग्राहकहरुले सेवा उपभोग गर्न सक्ने जनाएको छ । अफर अवधिभर वार्षिक ग्राहकलाई फाइबर राउटर र जडानमा लाग्ने तार निःशुल्क प्रदान गरिनेछ । साथै वार्षिक ईन्टरनेट जडानमा १ महिना थप सेवा सितैमा प्रदान गरिने जनाइएको छ ।

सात वर्षदेखि इन्टरनेट सेवा वितरण गरिरहेको कम्पनीले आफ्नो फाइवर नेटर्वक नेपालको ७२ जिल्लामा विस्तार गरिसकेको छ । बदलिँदो समय र बढ्दो ग्राहकहरुको मागलाई मध्यनजर राख्दै नेपालकै तीव्र गतिको इन्टरनेट १०० एमबीपीएस घरायसी प्रयोजनको लागि सुपथ मूल्यमा उपलब्ध गराएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै