• २०८१ बैशाख ८ शनिबार

’झ्यानाकुटी’ को नयाँ गीत सार्वजनिक (भिडियो सहित)

kharibot

काठमाडौँ ।  आउदो शुक्रबार रिलिज हुने फिल्म ’झ्यानाकुटी’ को नयाँ गीत सार्वजनिक भएको छ । 

सार्वजनिक गीतमा सौगात मल्ल , बेनिशा हमाल , सुमी मोक्तानको साथमा बालकलाकार एस्टल गुरुङ फिचरीङ भएका छन् । सार्वजनिक गीतमा प्रदीप भारद्वाजको शब्द , बिकाश चौधरीको संगीत र धर्मेन्द्र सेवानको स्वर रहेको छ ।

गीतलाई धम्पुसकै रमणीय दृश्यमा छायाँकन गरिएको छ भने यसलाई सिमोश र निशाले मिलेर कोरियोग्राफ गरेका छन् । फिल्ममा निशा आधिकारी र सिमोश सुनुवारको निर्माण रहेको छ भने यसलाई सिमोशले निर्देशन गरेका छन् । गीतमा बेनिशा नहुदा सौगातले भोगेको पिडालाई कोरियोग्राफीको माध्यमबाट देखाउन खोजिएको छ । श्रीमान र श्रीमतीको कथालाई देखाइएको फिल्ममा सौगात , बेनिशा , सुमी लिड रोलमा छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै