• २०८१ बैशाख ६ बिहीबार

करिश्माले विवाह गर्ने निर्णय गरे आफ्नो पुरा समर्थन रहन्छ – पिता रणधीर 

kharibot

मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपुर आफ्नो निजी सम्बन्धका कारण चर्चामा रहेकी छन् । मिडिया रिपोर्टका अनुसार करिश्माले हाल डेट गरिरहेका संदिप तोषनीवालको आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि करिश्मा र संदिपलाई सँगै देखिन थालेको छ । 

मिडियामा दुबैको तस्बिर आउन थालेपछि करिश्माका पिता रणधीर कपुरले छोरी करिश्माको सम्बन्धको बारेमा टिप्पणी गर्दै यदि उसले फेरी वैवाहिक जीवन शुरु गर्न चाहे आफ्नो पुरा समर्थन हुने बताएका छन् । आफुले पनि मिडियामा तस्बिर देखेको बताउदै पिता रणधीरले आफुले व्यक्तिगत रुपमा संदिपलाई नचिन्ने तर छोरीको निर्णयमा आफ्नो समर्थन रहेन बताएर करिश्मा छिट्टै वैवाहिक सम्बन्ध सुरु गर्न लागेको संकेत दिएका छन् ।  

नायिका करिश्मा कपुरले पनि गत बर्ष आफ्नो श्रीमान संजय कपूरसँग सम्बन्धबिच्छेद गरेकी हुन् । 

अब संदिपकी श्रीमतीसँगको सम्बन्धबिच्छेद पछि करिश्मा र संदिपको विवाहका लागि बाटो खुलेको छ । त्यसमा पनि परिवारका सदस्यहौर्को समर्थनले झन् दुबैको सम्बन्ध विवाहमा परिणत हेन वातावारण बनाइरहेको बलिवुडमा चर्चा चलेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै