फिलिपिन्सविरुद्ध नेपाली टोलीको घोषणा, स्ट्राइकर अनिल गुरूङले यसै खेलबाट सन्यास लिने 

खरीबोट

काठमाडौँ ।  अखिल नेपाल फुटबल संघले एएफसी एशियन कप २०१९ फुटबल छनोट अन्तर्गत फिलिपिन्ससँग खेल्ने राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

आज घोषणा गरिएको २३ सदस्यीय नेपाली टिमको गोलकिपरहरूमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ रहेका छन् । 

त्यस्तै, डिफेन्समा विराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल र दिनेश राजवंशी रहेका छन् ।

मिडफिल्डमा सुजल श्रेष्ठ, विक्रम लामा, विशाल राई, अञ्जन विष्ट, जगजित श्रेष्ठ, हेमन गुरूङ, सुनिल बल र हेमन्त थापा मगर रहेका छन् । 

फरवार्डमा जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, विमल घर्ती मगर, अनिल गुरूङ र भरत खवास रहेका छन् ।

चर्चित स्ट्राइकर अनिल गुरूङले आफ्नो ५०औ अन्तर्राष्ट्रिय खेलसँगै यस खेलबाट सन्यास लिने घोषणा गरेका छन् ।
नेपाल छनोट चरणबाट भने बाहिरिईसकेको छ ।

 

सम्बन्धित समाचार

 एशियन कप क्वालिफायरको फाइनलमा युएईले हङकङलाई १७९ रनको लक्ष्य दियो 

काठमाडौँ।  एशियन कप क्वालिफायरको फाइनलमा युएईले हङकङलाई २४ ओभरमा १७९ रनको लक्ष्य दिएको छ। बर्षाले प्रभावित भएको फाइनल खेलमा ओभर घटाएर २४ ओभर बनाइएको छ। २४ ओभरमा घटाइएको खेलमा डकवर्थ लुइस नियम

एशियन कप क्वालिफायरमा सिंगापुरमाथि ओमानको शानदार जित 

काठमाडौँ। एशियन कप क्वालिफायरमा ओमानले लगातार तेस्रो जित हासिल गरेको छ।  आज भएको खेलमा ओमानले सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ। सिंगापुरले दिएको २१६ रन पछ्याएको ओमानले २६.४ ओभरमा २

एशियन कप क्वालिफायरको पहिलो खेलमा नेपाल ओमानसँग पराजित 

काठमाडौँ।  एशिया कप क्वालिफायरको पहिलो खेलमा नेपालल ओमानसँग ७ विकेटले पराजित भएको छ।  नेपालले दिएको २२२ रन पछ्याएको ओमानले ४८ ओभरमा ३ विकेट गुमाउदै सो लक्ष्य पुरा गरेपछि नेपाललाई ७

एशियन कप क्वालिफायरमा आयोजक मलेसियाद्वारा हङकङ पराजित

काठमाडौँ।  एशियन कप क्वालिफायर अन्तर्गत आयोजक मलेसियाले हङकङलाई पराजित गरेको छ। आज भएको खेलमा मलेसियाले हङकङलाई ३ विकेटले पराजित गरेको हो।  हङकङले दिएको १६२ रनको लक्ष्य पछ्याएको मलेसियाले ४२.५ ओभरमा ७


z