• २०८१ बैशाख ८ शनिबार

फिलिपिन्सविरुद्ध नेपाली टोलीको घोषणा, स्ट्राइकर अनिल गुरूङले यसै खेलबाट सन्यास लिने 

kharibot

काठमाडौँ ।  अखिल नेपाल फुटबल संघले एएफसी एशियन कप २०१९ फुटबल छनोट अन्तर्गत फिलिपिन्ससँग खेल्ने राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

आज घोषणा गरिएको २३ सदस्यीय नेपाली टिमको गोलकिपरहरूमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ रहेका छन् । 

त्यस्तै, डिफेन्समा विराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल र दिनेश राजवंशी रहेका छन् ।

मिडफिल्डमा सुजल श्रेष्ठ, विक्रम लामा, विशाल राई, अञ्जन विष्ट, जगजित श्रेष्ठ, हेमन गुरूङ, सुनिल बल र हेमन्त थापा मगर रहेका छन् । 

फरवार्डमा जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, विमल घर्ती मगर, अनिल गुरूङ र भरत खवास रहेका छन् ।

चर्चित स्ट्राइकर अनिल गुरूङले आफ्नो ५०औ अन्तर्राष्ट्रिय खेलसँगै यस खेलबाट सन्यास लिने घोषणा गरेका छन् ।
नेपाल छनोट चरणबाट भने बाहिरिईसकेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै