पूर्वप्रधानमन्त्री स्व. विष्टको स्मृतिग्रन्थ प्रकाशन गरिने

खरीबोट

फाइल तस्बिर

ad

काठमाडौँ / नइ प्रकाशनले ‘देशभक्त राजनेता : कीतिनिधि विष्ट’ नामक बृहत् स्मृतिग्रन्थ प्रकाशित गर्ने भएको छ ।

प्रकाशनद्वारा आज जारी विज्ञप्ति अनुसार नेपाली राष्ट्रि«यताका पहरेदार, नैतिकताका प्रखर प्रतीक, अति इमान्दार, अति शालीन, महेन्द्रवादी चिन्तक, देशभक्त राजनेता, पूर्व प्रधानमन्त्री विष्टको स्वर्णिम योगदानको इतिहास नेपाली वाङ्मयमा सुरक्षित राख्ने हेतुले सो ग्रन्थ प्रकाशन गर्न लागिएको हो ।

विष्ट नइ प्रकाशनका संरक्षक तथा दातासमेत हुनुहुन्छ । उहाँको गत शनिवार ९१ बर्षको उमेरमा आफ्नै निवास ज्ञानेश्वर, काठमाडौमा निधन भएको थियो ।

प्रकाशनका अनुसार स्व विष्टका बुबाआमा चन्द्रनिधि विष्ट÷धनकुमारी विष्टका स्मृतिमा ‘नइ चन्द्रधन पुरस्कार’ र विष्टकै सम्मानमा ‘नइ कीर्तिनिधि पुरस्कार’ नइ प्रकाशनले हरेक वर्ष प्रदान गर्दै आएको छ । यी दुवै पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।

स्व कीर्तिनिधि विष्टसँगको संस्मरण, उहाँको देशभक्तिको गाथा र उहाँको राजनीतिक निष्ठा, उचाइ र योगदानबारे लेखक, राजनीतिकर्मी, चिन्तक र बुद्धिजीवीसँग लेख उपलब्ध गराउन पनि नइ प्रकाशनले अपिल गरेको छ ।

सम्बन्धित समाचार

निर्मला हत्या प्रकरण : उपरीक्षक विष्टलाई निष्काशनको सिफारिश

काठमाडौँ। निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी

दुई महिनाभित्र श्रमिकको योगदानका आधारमा सामाजिक सेवा शुरु गरिने : मन्त्री विष्ट

काठमाडौँ /  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले विश्वमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन  ।  यहाँ आज एफइएस नेपालले आयोजना गरेको ‘खेल

पाँच वर्षपछि कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री विष्ट 

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताए ।  सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा स्वरमा तयार गरिएको सामाजिक चेतनामूलक

निर्मला हत्या प्रकरण : एसपी विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट मिलेन 

कञ्चनपुर । निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ ।  तत्कालीन एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका


z