• २०८१ बैशाख ११ मंगलबार

कंगोमा रेल दुर्घटना हुँदा ३४ जनाको मृत्यु

kharibot

किन्सासा (रासस/सिन्ह्वा) / दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि ३४ जनाको ज्यान गएको समाचार छ ।

गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा परी अरु कम्तीमा पनि २६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

रेलले लिग छोडेर बाहिरिएपछि बाटोमा गुडिरहेका अरु पनि कैयाँ कारलाई हानेको थियो । मारिनेमा ती कारमा रहेका व्यक्ति पनि परेका छन् ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ । कैयौं कारमा आगो लागेको टेलिभिजन दृश्यहरुमा देखाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै