• २०८१ बैशाख ६ बिहीबार

गोलमाल अगेन २ सय करोड क्लबमा 

kharibot

मुम्बई । बलिवुडमा फिल्म गोलमाल अगेनले रिलिज भएको २४औ दिनमा भारतीय बक्स अफिसमा २ सय करोडको व्यापार गरेको छ ।  रिलिग्को चौथो दिनमा दिन एक सय करोडको व्यापार गरेको गरेको गोलमाल आगेनले २४औ दिन २ सय करोडको व्यापार गरेको हो । 

रोहित सेठ्ठीले निर्देशन गरेको फिल्म गोलमाल अगेनले पहिलो दिन ३० करोड भारतीय रुपैयाको व्यापार गरेको थियो भने दोस्रो दिन २८, तेस्रो दिन २९ र चौथो दिन १७ करोड व्यापार गरेको थियो । 

गोलमाल अगेन भन्दा एक दिन अघि रिलिज भएको आमिर खानको फिल्म सेक्रेट सुपरस्टार भने गोलमाल अगेनको अगाडी फिका रहेको थियो । सेक्रेट सुपरस्टारले कुल करिब ६० करोडको व्यापार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

बक्स अफिसमा पाएको सफलता सँगै निर्देशक रोहित शेट्टीको सफलता पनि चुलिएको छ । बलिवुडमा छ वटा सय करोड व्यापार गर्ने फिल्म निर्देशन गर्ने पहिलो निर्देशक बनेका छन् । 
गोलमाल -३, चेन्नई एक्प्रेस, सिंघम रिटर्न, बोल बच्चन, दिलवाले र गोलमाल अगेन गरी सय करोड भन्दा बढी व्यापार गर्ने फिल्मको निर्देशन गरेका शेट्टी अब बलिवुडका सबै भन्दा सफल निर्देशक बनेका छन् । 

गोलमाल फ्रेंचाईजको चौथो सिरिजको रुपमा रोहित सेठ्ठीले बनाएको यो फिल्ममा अजय देवगन, अर्सद वार्सी, तुषार कपुर, श्रेयस तल्पड़े, परिणीती चोपडा, तब्बु लगायतका कलाकारको भूमिका रहको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै