• २०८१ बैशाख ८ शनिबार

राष्ट्रपतिको एजेन्डाविहीन युएई भ्रमण : यसरी चिढिँदै छ कतार

kharibot

तस्बिर : रासस

काठमाडौं । कतारले नेपाली कामदारलाई तत्काल देश छोड्ने आदेश दियो भने राष्ट्रपतिको भ्रमणको प्रतिफल निस्किन्छ ! आफू नाकाबन्दीमा परेको देश कतारले म हाल (६ लाख नेपाली)लाई विदेशी नागरिक सुविधा सहुलियतसाथ पाल्न नसक्ने भएँ, भनिदियो भने नेपालको कूटनीति र रणनीति के हुने ? नेपालसँग ‘प्लान टू’ छ ?

कूटनीतिक मामिलाका एक जना जानकार तथा हाल राप्रपा प्रजातान्त्रिकका नेता सुरेश आचार्यले सोधेको यही प्रश्न नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबारदेखि सुरु युएई भ्रमणको अन्तर्य खोज्ने काफी प्रसंग हो ।

सरकारी अधिकारीहरुको दाबीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा नजान दिएको सुझावविपरीत राष्ट्रपति भण्डारी सोमबार युएई भ्रमणका लागि उडेकी हुन् । साबिकका उपप्रधान एवं विभागीय मन्त्री कृष्णबहादुर महरा विना विभागीयमा सीमित भएकोले परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई आउन लागेको चुनाव तथा गहिरिँदो खाडी संकटको बेला युएई भ्रमणमा जानु ठीक नहुने सुझाव केही साताअघि दिएका थिए ।

तर कार्यकालको आखिरी दिनमा राष्ट्रपति भण्डारीलाई त्यही यूएई जानु पर्यो, जहाँ उनको विशेष एजेण्डा नै छैन । राष्ट्रपतिकै जोडबलमा युएई भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत गरिएकोले यो सरकारी स्वीकृतिबेगरको भ्रमण त होइन । तर कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिले विदेश भ्रमणको चाहना पूरा गर्न जुन गन्तव्य राष्ट्रपति भण्डारीले रोजिन्, त्यो भने बहुकोणीय रुपमा गलत र प्रत्युत्पादक हुने सम्भावना छ । किनभने राष्ट्रपति व्यक्ति मात्र नभएर संस्था पनि हो । संस्थाले हाल गरिरहेको युएई भ्रमण उनको निजी नभएर देशको भ्रमण पनि हो ।

संयुक्त अरब इमिरेट्ससहित अन्य खाडी मुलुकले कतारलाई नाकाबन्दी गरिरहेका बेला भ्रमणमा जानु उपयुक्त हुँदैन भन्ने हेक्का स्वयं राष्ट्रपति भण्डारीलाई थिएन वा हुन सकेन भन्ने कल्पना गर्न सकिँदैन ।

के कतार र बाँकी खाडी देश एक अर्कामा नाकाबन्दीसम्मको दुश्मनीमा उत्रेका बेला यो भ्रमण उचित थियो त ? सर्वथा थिएन र होइन नै । खासमा संयुक्त अरब इमिरेट्ससहित अन्य खाडी मुलुकले कतारलाई नाकाबन्दी गरिरहेका बेला भ्रमणमा जानु उपयुक्त हुँदैन भन्ने हेक्का स्वयं राष्ट्रपति भण्डारीलाई थिएन वा हुन सकेन भन्ने कल्पना गर्न सकिँदैन । तर राष्ट्रपति कार्यालयले भ्रमण अघि बढाउन निरन्तर ताकेता गरेर अन्ततः चुनावी मुखमा विवादित देशको महंगो शयरमा नै राष्ट्रपति भण्डारी किन रमाउँदै छिन् ? यो कूटनीतिक मामिलामा देशले गरेको युगीन गल्ती साबित हुने खतरा बढेको छ ।

संसार साक्षी छ कि कतारले आतंकवादलाई प्रश्रय दिएको तथा इरानसँग सम्बन्ध बढाएको आरोपमा साउदी, युएई, बहराइन र इजिप्टले कतारमाथि मोर्चाबन्दी गरी छ महिनायता आर्थिक नाकाबन्दी गरिरहेका छन् । कतार र युएई दुवैतिर लाखौँ नेपाली कामदार कार्यरत छन् । नाकाबन्दीका कारण कतारस्थित नेपाली कामदार समेत प्रभावित हुनथालेका बेला राष्ट्रपति भण्डारीको विदेश शयरको गन्तव्य कतारले रुचाएन र कडा जवाफी प्रतिक्रिया दियो भने त्यसको असर सिधै त्यहाँ कार्यरत लाखौं नेपाली श्रमिकमाथि पर्ने पक्का छ । नेपाली कामदारको रोजीरोटी र भविष्यमाथि नै प्रश्नचिह्न खडा हुने गरी किन राष्ट्रपतिलाई युएई नै उड्नुपरेको ?

अहिलेको जटिल परिस्थितिमा युएई मात्र नभई कुनै पनि खाडी मुलुक भ्रमण नगरेको भए राम्रो हुने कुरा जानकारी थिएन होला र राष्ट्रपति भण्डारीलाई ?

नाकाबन्दीका कारण कतारस्थित नेपाली कामदार समेत प्रभावित हुनथालेका बेला राष्ट्रपति भण्डारीको विदेश शयरको गन्तव्य कतारले रुचाएन र कडा जवाफी प्रतिक्रिया दियो भने त्यसको असर सिधै त्यहाँ कार्यरत लाखौं नेपाली श्रमिकमाथि पर्ने पक्का छ ।

जस्तोसुकै लाटो वा बेबकुफले पनि जान्दछ कि यस्तो नाकाबन्दीसम्मको शत्रुता मौलाएको बेला युएई भ्रमण गर्दा त्यसले युएईको पक्षधरता लिएको सन्देश जानेछ । जसका कारण स्वाभाविक रुपमा नेपाली कामदारको मुख्य रोजगारीको गन्तव्य रहेको कतार नेपालसँग चिढिन्छ नै । तर हठी रुपमा परिस्थितिको गम्भीरता र त्यहाँ कार्यरत नेपाली कामदारलाई पर्ने असरबारे आँखा चिम्लिँदै किन कूटनीतिक प्रचलनविरुद्ध उडिन् त राष्ट्रपति भण्डारी ? कतै धान खाने मुसो चोट पाउने भ्यागुतोको नियतिमा नेपाली कामदार कतार सरकारको प्रतिशोधको शिकार भए भने त्यसको क्षतिपूर्ति कसरी गर्छिन् राष्ट्रपति भण्डारीले ?

यो पटकको राष्ट्रपति भण्डारीको युएई भ्रमणबाट नेपाली कामदारको एक आकर्षक गन्तव्य कतार असन्तुष्ट रहेको तथ्य सबैसामु छर्लंग छ । नेपालका राष्ट्रपति भण्डारीको जारी युएई भ्रमणप्रति नाकाबन्दीको चेपुवामा रहेको खाडी मुलुक कतारले कूटनीतिक च्यानलबाट असन्तुष्टि जनाएको तथ्य पनि कसैले नभनेरै पनि एकान दोकान मैदान भइसकेको छ । दोहास्थित नेपाली राजदूत रमेश कोइरालालाई शनिबार टेलिफोन गरी कतारी विदेश मन्त्रालयका अधिकारीले भण्डारीको युएई भ्रमणप्रति असन्तुष्टि पोखेको दूतावास स्रोतले खुलासा गरिसकेको छ ।

कतारले राष्ट्रपति भण्डारीको भ्रमणप्रति असन्तुष्टि जनाउनुमा दुई कारण छन् । पहिलो, कतारमाथि युएई, इजिप्ट, साउदी र बहराइनले जारी राखेको नाकाबन्दीबाट उत्पन्न खाडी संकट । दोस्रो कतारको निम्तोप्रति राष्ट्रपतिको बेवास्ता । कतारका अमिरले राष्ट्रपति भण्डारीलाई एक वर्षअघि फेब्रुअरी महिनामा राजकीय भ्रमणको निम्ता पठाएका थिए । त्यतिबेला राष्ट्रपति भण्डारीले पहिला भारत नगई आफू अन्य मुलुकको भ्रमणमा ननिस्किने बताएपछि कतार भ्रमणको लागि प्रक्रिया अघि बढेन ।

राष्ट्रपति गत अप्रिलमा भारतको राजकीय भ्रमणमा गएर फर्केपछि कतार भ्रमणको तयारी गर्ने भनिए पनि जुन महिनामा कतारमाथि चार खाडी मुलुकले नाकाबन्दी गरेसँग भ्रमणको प्रक्रिया अघि बढ्नसकेन । कतारले भ्रमणको निमन्त्रणा दिएको सुइँको पाएपछि मात्रै युएईले काउन्टरमा भण्डारीलाई निम्त्याएको हो । तर भण्डारीले कतार नभई युएई भ्रमण नै पहिला रोजेर कतारलाई क्रूद्ध पार्ने काम जानी–बुझीकनै गरेका कारण पनि यो भ्रमणबाट कतार—नेपाल सम्बन्धमाथि नै बहुआयामिक नकारात्मक असर थपिने खतरा सामुन्नेमा छन् ।

भण्डारीले कतार नभई युएई भ्रमण नै पहिला रोजेर कतारलाई क्रूद्ध पार्ने काम जानी–बुझीकनै गरेका कारण पनि यो भ्रमणबाट कतार—नेपाल सम्बन्धमाथि नै बहुआयामिक नकारात्मक असर थपिने खतरा सामुन्नेमा छन् ।

कतारले पहिले नै दिएको निमन्त्रणा नेपालले बेवास्ता गरिरहनु तर कतारसँग दुश्मनी साँधिरहेको मुलुक युएईको भ्रमणमा चाहिँ नेपालका राष्ट्रपति एकाएक रमाउनु एकातिर कूटनीतिक प्रचलनको उल्लंघन हो भने अर्कोतिर कतारलाई चिढ्याउने राष्ट्रपतिको अविवेकी कदम हो ।

राष्ट्रपति भण्डारीको यो पहिलो युएई भ्रमण हो । नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पूरा भएको अवसर पारेर भ्रमण हुनलागेको भनिए पनि राष्ट्रपति भण्डारीले यसबाट कतारलाई पर्ने असरबारे हेक्का नराख्नु कूटनीतिक भूल नै हो । विभिन्न क्षेत्रमा गरी युएईमा कार्यरत तीन लाख बढी नेपाली कामदारलाई कतारले प्रभाव पार्ने गरी ‘एक्सन’ लिएमा यो आत्मघाती भ्रमण नबन्ला भन्ने ग्यारेन्टी छैन ।

यो भ्रमण युएईलाई रिझाइरहँदा कतारलाई बिझाइरहनु नै सम्भावित जोखिमको नकारात्मक सूचक हो । देश चुनावी समरमा व्यस्त रहदा युएईको राजकीय सम्मानमा मस्त रहने राष्ट्रपति भण्डारीले कतारमा रहेका लाखौ नेपालीलाई त्रस्त र जबर्जस्ती समस्यामा धकेलिने अवस्था नपारिदिएसम्म पनि भ्रमण सार्थक हुन्थ्यो कि ?

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै