एएफसी एसियन कप छनोट फुटबलः नेपाल र फिलिपिन्सबीचको खेल मंगलबार

खरीबोट
ad

काठमाडौँ ।  एएफसी एसियन कप छनोट चरणअन्तर्गतको पाँचौ खेलमा नेपालले भोलि फिलिपिन्सको सामना गर्ने भएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको कृत्रिम मैदानमा हुने खेलमा नेपाल विजय लक्ष्यका साथ मैदानमा उत्रनेछ । 

नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले विगतका कमजोरीलाई सुधार गर्दै प्रतियोगितामा जित हासिल गर्ने लक्ष्य लिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए । 
उनले प्रशिक्षणको क्रममा केही खेलाडी चोटग्रस्त भएकाले उनीहरुको अनुपस्थितिमा खेल रणनीति केही परिवर्तन गर्ने उल्लेख गर्दै अघिल्लो खेलमा भएको कमजोरीलाई सुधार्ने बताए । 

त्यसैगरी नेपाली टोलीका कप्तान अनिल गुरुङले आफनो टोलीले फिलिपिन्सलाई पराजित गर्ने आशा लिएको बताए । यता फिलिपिन्सका प्रशिक्षक थोमस टूलीले भोलिको खेल आफ्नो टोलीका लागि महत्वपूर्ण रहेको बताए । 

यसअघि गत चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोलअन्तरले पराजित भएको थियो । त्यसपछिका तीन खेलमा पनि पराजित भएको नेपाल छनोट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ । नेपालले दोस्रो खेलमा यमनसँग बराबरी खेलेता पनि त्यसपछिका दुई खेल ताजीकिस्तानसँग पराजित भएको थियो । 

यसअघि चार खेलेको फिलिपिन्स आठ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ भने एक अंक जोडेको नेपाल अन्तिम स्थानमा छ । 

नेपाली टोलीको गोलरक्षकमा किरणकुमार लिम्बू, विशाल श्रेष्ठ र विकेश कुथु छन् । त्यसैगरी डिफेन्डरमा रोहित चन्द, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी, अनन्त तामाङ, विराज महर्जन र कमल श्रेष्ठ छन् । 

मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, हेमन्त थापा मगर, विक्रम लामा, अन्जन विष्ट, जगजित श्रेष्ठ र सुनिल बाल छन् भने फरवार्डमा विमल घर्ती मगर अनिल गुरुङ, भरत खवास, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ छन् । 

सम्बन्धित समाचार

यमनसँग नेपाल पराजित, जितसँगै यमन एफसी एसियन कपमा छनोट 

काठमाडौँ । एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ । कतारको दोहास्थित सुहेम विन हमाद रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–१ ले पराजित भयो । जितसँगै

एसियन कप छनोट नेपाल भर्सेज यमन : यमनलाई रोक्ने नेपालको तयारी   

काठमाडौँ । एसियन कप छनोटअन्तर्गत समूह एफमा नेपालले आज अन्तिम खेल यमनविरुद्ध खेल्दैछ ।  नेपाल एसिया कप छनोटबाट भने बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको मात्र हुनेछ भने एसिया कप चयनको

नेपालद्वारा फिलिपिन्सलाई बराबरीमा रोक्न सफल, कप्तान अनिल गुरुङको सुखद बिदाई 

काठमाडौँ । एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपालले फिलिपिन्सलाई बराबरीमा रोकेको छ । बलियो प्रतिष्पर्धी मानिएको फिलिपिन्सलाई ललितपुरको एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपालले गोरहित बराबरीमा रोकेको हो ।  खेलमा

एएफसी एसियन कप छनोट फुटबलः नेपाल र फिलिपिन्सबीचको खेल मंगलबार

काठमाडौँ ।  एएफसी एसियन कप छनोट चरणअन्तर्गतको पाँचौ खेलमा नेपालले भोलि फिलिपिन्सको सामना गर्ने भएको छ ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको कृत्रिम मैदानमा हुने खेलमा नेपाल विजय लक्ष्यका साथ मैदानमा


z