• २०८१ बैशाख ७ शुक्रबार

अन्डर १९ एसिया कप : नेपाल आज आयोजक मलेसियासँग खेल्दै, खेल जित्नैपर्ने दबाबमा नेपाल

kharibot

काठमाडौं । अन्डर १९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले आज आयोजक मेलेसियासँग खेल्दै छ ।

नेपालको लागि यो खेल जित्ने मात्रै होइन ठुलो रनरेटको अन्तरमा जित्नु पर्ने देखिएको छ । यस अघि भारतलाई पराजित गरेको नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग हार बेहोरेको थियो ।

समुह ए मा बंगलादेश दुई खेल जितेर ४ अंक सहित समुहमा शिर्ष स्थानमा छ भने भारत एक जित र एक हारका साथ २ अंक सहित दोस्रो स्थानमा रहेको छ भने नेपाल पनि एक जित र एक हारका साथ रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ । समुहमा मलेसियाले भने दुवै खेलमा हार बेहोरिसकेको छ ।

यसै समुहमा आजै बंगलादेश र भारतबीच पनि खेल हुदै छ । यी दुई टिमको खेलले पनि नेपालको सेमिफाइनलको यात्रा धेरै हदसम्म तय गर्ने छ तर नेपालले मलेसियालाई भने पराजित गर्नुपर्ने छ ।

आठ टोली सहभागी प्रतियोगितामा पाँच टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै आयोजक मलेसिया र दुई क्षेत्रीय विजेता प्रतिस्पर्धी छन् । नेपाल पूर्व क्षेत्रको विजेता हो । नेपाल रहेको समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत, बंगलादेश र मलेसिया छन् ।

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टिममा सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, सहाब अलाम, किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, रसिद खान, जितेन्द्र सिंह रहेका छन् भने वैकल्पिक खेलाडी– सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी, विजय चौधरी रहेका छन् ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै