• २०८१ बैशाख ७ शुक्रबार

भेट्रान गोलकिपर बुफानको अन्तर्राष्ट्रिय फुटबलबाट दुखद बिदाई 

kharibot

काठमाडौं । इटालीका ३९ बर्षिय भेट्रान गोलकिपर गियानलुइंगी बुफानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । गएराती स्विडेनसँग गोलरहित बराबरीमा रहेर विश्वकपबाट बाहिरिएपछि बुफानले आफ्नो राष्ट्रिय टिम इटालीलाई अलबिदा भनेका हुन् । 

यससँगै भेट्रान गोलकिपर बिफानको अन्तर्राष्ट्रिय फुटबलबाट दुखद बिदाई भएको छ । 

राष्ट्रिय टिम ६० बर्ष पछि विश्वकपमा छनौट हुन् नसक्दा बुफान भावुक देखिएका थिए । उनि रोइरहेका थिए । चार पटक विश्वकप जितेको इटाली रसियामा हुने विश्वकपका लागि छनौट हुन् नसक्दा विश्वभरका इटाली फुटबलका फ्यानहरु त निराश छन् नै ३९ बर्षको उमेरमा पनि सक्रिय फुटबल खेलिरहेका बुफानको अनुहारमा पनि धेरै निराशा देखिन्थ्यो । अत्यन्त भावुक बनेका बुफानले इटालीका फ्यानहरुसँग माफी माग्दै यो अत्यन्त दुखद भएको बताए । उनले इटालीको फुटबल अभियानलाई यसले असर गरेको बताउदै इटालीले विश्वफुटबलमा आउदा दिनमा कमब्याक गर्ने बताए । 

इटालीको राष्ट्रिय टिमका लागि १७५ खेल खेलेका बुफान सन् २००६ मा विश्वकप जित्दा महत्वपूर्ण भूमिका खेलेका थिए । बुफानले इटालीका लागि ५ विश्वकप खेलेका थिए भने चार युरो कप र दुई कन्फेडेरेशन कप खेलेका थिए ।

हाल इटालीको क्लब युभेन्ट्सबाट व्यावसायिक फुटबल खेलिरहेका बुफान क्लब खेल भने खेलिरहने छन्  । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै