भारतीय पक्षद्वारा सडक निर्माणमा अवरोध

खरीबोट
ad

कञ्चनपुर ।  कञ्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा भारतीय पक्षले अवरोध पुर्याएको छ । 

नेपाल–भारत सीमा पिलर ८०९ (५ ‘ए’) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइपको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो । 

नेपाली भूमिमै निर्माण भइरहेको सडकमा भारतीय पक्षले आफ्नो क्षेत्रभित्र पर्ने भन्दै हतियारसहित आएका एसएसबीले निर्माण भइरहेको सडकमा पानी निकासका लागि हालेको ह्युम पाइप निकाल्नुपर्ने दबाब दिएपछि विवाद भएको छ । 

भारतीय पक्षको अवरोधका कारण सडक निर्माणको कार्य नै रोकिएको स्थानीयवासीले बताएका छन् । सडक निर्माणमा एसएसबीले अवरोध गरेपछि निर्माण काम रोकिएको बारे जानकारी प्राप्त भएको छ प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, “भारतीय पक्षसँग संयुक्त छलफल गरेर निर्माण कार्य अगाडि बढाइनेछ ।” 

गत वर्ष फागुनमा कल्भर्टको विषयलाई लिएर भएको विवादमा भारतीय एसएसबीले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिकामा एकजना नेपालीले ज्यान गुमाएका थिए । 

सम्बन्धित समाचार

हुनेवाला पत्नीको लागि जस्टिन बीबरले सडकमा यसरी गाए गीत (भिडियो सहित)

काठमाडौँ।  आफ्नो गीतबाट विश्वभर चर्चित बनेका गायक जस्टिन बीबर अहिले फेरी चर्चामा रहेका छन्। केहि समय अगाडी अमेरिकी मोडल हेली बाल्डवीनसँग इन्गेजमेन्ट गरेका बीबर अहिले उनकी हुनेवाला पत्नीलाई लिएर चर्चामा

सडक बन्द नगर्न मेलम्ची आयोजनासँग माग

काठमाडौँ /  राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने नाममा पुस्तौँदेखि सञ्चालनमा रहेको सुन्दरीजलको पुरानो बाटो बन्द नगर्न स्थानीयवासीले माग गरेका छन् ।  सुन्दरीजलबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै चिसापानी, हेलम्बु, लाङ्टाङ,

महाकाली राजमार्गको सतबाँझ–कुलेश्वर सडकखण्ड अवरुद्ध

बैतडी / गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतबाँझ–कुलेश्वर सडकखण्डको डिलाशैनी गाउँपालिका–बगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारीसाधन

कोटेश्वर–कलंकी सडक छेउका घरटहरा नहटाउँदा काम अवरुद्ध

ललितपुर। नेपालको पहिलो १० लेन सडकका रुपमा रहेको निर्माणधिन कोटेश्वर–कलंकी सडक छेउमा रहेका घरटहरा नहटाउँदा निर्माण कार्य अवरुद्ध भएको छ ।  सहायक सडकमा छिर्ने बाटोका रुपमा रहेको सेवा मार्गमा रहेका घरटहराले