भारतीय पक्षद्वारा सडक निर्माणमा अवरोध

खरीबोट
ad

कञ्चनपुर ।  कञ्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा भारतीय पक्षले अवरोध पुर्याएको छ । 

नेपाल–भारत सीमा पिलर ८०९ (५ ‘ए’) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइपको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो । 

नेपाली भूमिमै निर्माण भइरहेको सडकमा भारतीय पक्षले आफ्नो क्षेत्रभित्र पर्ने भन्दै हतियारसहित आएका एसएसबीले निर्माण भइरहेको सडकमा पानी निकासका लागि हालेको ह्युम पाइप निकाल्नुपर्ने दबाब दिएपछि विवाद भएको छ । 

भारतीय पक्षको अवरोधका कारण सडक निर्माणको कार्य नै रोकिएको स्थानीयवासीले बताएका छन् । सडक निर्माणमा एसएसबीले अवरोध गरेपछि निर्माण काम रोकिएको बारे जानकारी प्राप्त भएको छ प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, “भारतीय पक्षसँग संयुक्त छलफल गरेर निर्माण कार्य अगाडि बढाइनेछ ।” 

गत वर्ष फागुनमा कल्भर्टको विषयलाई लिएर भएको विवादमा भारतीय एसएसबीले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिकामा एकजना नेपालीले ज्यान गुमाएका थिए । 

सम्बन्धित समाचार

असारेझरीमा ढलान गरिएको सडक २२ दिनमै भत्कियो

काठमाडौँ / असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन् ।  गत असार २ गते झमझमी पानी पर्दै थियो ।

कोटेश्वर–जडीबुटी सडक : बेलिब्रिज सञ्चालनमा ल्याइने

काठमाडौँ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा आउने भएको छ । उक्त स्थानमा अरनिको राजमार्गको वैकल्पिक

नारायणगढ–मुुग्लिन सडक तीन ठाउँमा भासियो

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सकिन नपाउँदै तीन ठाउँमा भासिएको छ । ती ठाउँमा सवारी एकतर्फी मात्रै सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार पछिल्लोपटक नारायणगढबाट २६

हुनेवाला पत्नीको लागि जस्टिन बीबरले सडकमा यसरी गाए गीत (भिडियो सहित)

काठमाडौँ।  आफ्नो गीतबाट विश्वभर चर्चित बनेका गायक जस्टिन बीबर अहिले फेरी चर्चामा रहेका छन्। केहि समय अगाडी अमेरिकी मोडल हेली बाल्डवीनसँग इन्गेजमेन्ट गरेका बीबर अहिले उनकी हुनेवाला पत्नीलाई लिएर चर्चामा