• २०८१ बैशाख ७ शुक्रबार

नेपाल प्रहरीमा ४ जना एआइजीमा बढुवा, एआइजीको संख्या १६ पुग्यो 

kharibot

काठमाडौँ । नेपाल प्रहरीमा अब प्राविधिक सहित १६ एआइजी भएका छन् । गृह मन्त्रालयको बढुवा समितिले ४ जनालाई एआइजीमा बढुवा गरेपछि एआइजीको संख्या १६ पुगेको हो । 

प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ को प्रावधान अनुसार हेमन्त कुमार पाल, मधु प्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआइजीमा बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । 

साथै एआइजी पाललाई प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोमा, मधु प्रसाद पुडासैनीलाई प्रधान कार्यालयको कार्य बिभागमा, माधवप्रसाद नेपाललाई तालिम निर्देशनालयमा र पंकज श्रेष्ठलाई महानगरीय विमानस्थल सुरक्षा कार्यालयमा दरबन्दी तोकिएको छ ।

यस अघि ७ जना एआईजी रहेकोमा पूर्वगृहमन्त्री जनार्धन शर्माले ११ पुर्याएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै