एनालग प्रविधिमा केबल टिभी चलाउन नपाइने, सरकारले अनुगमन गरेर बन्द गर्दै 

खरीबोट
ad

काठमाडौँ । सरकारले आजदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको  छ। सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवा प्रदायकलाई बन्द गराउन लागेको हो।

गाउँपालिकामा भने आगामी वैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा रहेको छ । सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि ‘अपग्रेड’मा ध्यान दिन आग्रह गरेको छ ।

सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि अपग्रेड नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी बन्द गर्ने बताएका छन् । 

खरीबोटसँगको कुराकानीमा प्रवक्ता ढकालले एनालग प्रविधिबाट चलेका केबललाई मन्त्रालयले अनुगमन गरेर बन्द गर्ने तयारी गरेको जानकारी दिए । 

केबल टेलिभिजन महासंघमा आबद्ध टेलिभिजनहरूलाई पनि कात्तिक २८ अर्थात् मंगलबारबाट एनालग बन्द हुने सूचना दिन आग्रह गरेको मन्त्रालयले जनाएको छ। 

इन्टरनेसल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले सन् २०१७ डिसेम्बर एनालग प्विधि खारेज गर्न आफ्ना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि सरकारलाई डिजिटलमा टेलिभिजन सञ्चालन गर्नुपर्ने बाध्यता छ।नेपाल पनि आईटीयूको सदस्य राष्ट्र हो । 

मन्त्रालयले गत वैशाख १५ गतेबाट नै एनालग टेलिभिजन बन्द गर्ने सूचना निकालेको थियो। तर केवल ब्यवासयी आन्दोलनमा उत्रिएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको थियो । सरकारले २०७१ मंसिर २१ गतेदेखि नै एनालग प्रविधिबाट सञ्चालित केबल नेटवर्कहरूलाई इजाजत दिन बन्द गरिसकेको थियो।
 

सम्बन्धित समाचार

बौद्धका डिएसपीले टिभीको बिल तिर्न पनि घुस लिएको खुलासा 

काठमाडौँ। महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले सेवाग्राहीसँग एक कम्पनीको टिभी खरिद गरी ल्याइदिन एक सेवाग्राहीसँग पटकपटक घुस मागेको रहस्य खुलेको छ ।  आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार

ए डिभिजन लिग शनिबारदेखि : प्रत्यक्ष प्रसारण एपी–१ टिभीबाट 

काठमाडौँ। चार वर्षपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ ।  चार वर्षपछि आयोजना हुन लागेको ‘ए’ डिभिजन लिगमा १४ टोलीको सहभागिता रहेको छ । लामो सयमदेखि लिग

ओइपिएलका दुईवटा च्यानल रमाइलो टिभी र एक्सन स्पोर्टस् एचडी टिभी दोस्रो बर्षमा प्रवेश 

काठमाडौँ। ओरिजिनल इन्टरटेनमेन्ट प्रा.लि.(ओइपिल) अन्र्तगत संचालनमा रहेका दुईवटा च्यानलहरु रमाइलो टिभी एचडी र एक्सन स्पोर्टस् एचडीले आफ्नो प्रसारणको एक बर्ष पुरा गरि दोस्रो बर्षमा प्रवेश गरेको छ ।  बि.सं.२०७४ साल असोज

टिभीएसले खोल्यो थप १० अत्याधुनिक नयाँ शोरुम

काठमाडौँ। टिभीएस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले देशभर आफ्नो थप १० अत्याधुनिकशो रुमहरु उद्घाटन गरेको छ ।  आफ्नो अत्याधुनिक शोरुमहरुमा टिभीएसको सम्पुर्ण मोटरसाइकल र स्कुटरहरु उपलब्ध हुनुका साथै


z