• २०८१ बैशाख ७ शुक्रबार

एनालग प्रविधिमा केबल टिभी चलाउन नपाइने, सरकारले अनुगमन गरेर बन्द गर्दै 

kharibot

काठमाडौँ । सरकारले आजदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको  छ। सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवा प्रदायकलाई बन्द गराउन लागेको हो।

गाउँपालिकामा भने आगामी वैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा रहेको छ । सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि ‘अपग्रेड’मा ध्यान दिन आग्रह गरेको छ ।

सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि अपग्रेड नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी बन्द गर्ने बताएका छन् । 

खरीबोटसँगको कुराकानीमा प्रवक्ता ढकालले एनालग प्रविधिबाट चलेका केबललाई मन्त्रालयले अनुगमन गरेर बन्द गर्ने तयारी गरेको जानकारी दिए । 

केबल टेलिभिजन महासंघमा आबद्ध टेलिभिजनहरूलाई पनि कात्तिक २८ अर्थात् मंगलबारबाट एनालग बन्द हुने सूचना दिन आग्रह गरेको मन्त्रालयले जनाएको छ। 

इन्टरनेसल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले सन् २०१७ डिसेम्बर एनालग प्विधि खारेज गर्न आफ्ना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि सरकारलाई डिजिटलमा टेलिभिजन सञ्चालन गर्नुपर्ने बाध्यता छ।नेपाल पनि आईटीयूको सदस्य राष्ट्र हो । 

मन्त्रालयले गत वैशाख १५ गतेबाट नै एनालग टेलिभिजन बन्द गर्ने सूचना निकालेको थियो। तर केवल ब्यवासयी आन्दोलनमा उत्रिएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको थियो । सरकारले २०७१ मंसिर २१ गतेदेखि नै एनालग प्रविधिबाट सञ्चालित केबल नेटवर्कहरूलाई इजाजत दिन बन्द गरिसकेको थियो।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै